3 years ago
November 5, 2022
एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

इंग्ल्यान्डको जितले साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया नेटरनरेटको कारण भने सुपर १२ बाटनै बाहिरिएको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले ३० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कप्तान जोश बटलरले २३ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
पहिलो विकेटका लागि बटलर र हेल्सले ७.२ ओभरमा ७५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ह्यारी ब्रुक र साम करन ४(४ रनमा आउट भए । मोईन अली एक र साम करन ५ रनमा आउट भए ।
बेन स्टोक्स ३६ बलमा २ चौकासहित ४४ रनमा अविजित रहँदै सेमिफाइनल स्थान पक्का गरे । विजयी चौका प्रहार गरेका डेविड मलान चार रनमै अविजित रहे ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । लाहिरु कुमाराले दुई विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल मेन्डिसले राम्रो सुरुवात दिलाएका थिए । कुशल १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

धनन्जय डि सिल्भा ९ र चारिथ असलंका ८ रनमा आउट भए । भानुका राजपक्षेले २२ बलमा ३ चौकासहित २२ रन बनाए । दासुन शनका ३ र वानिन्दु हसरंगा ९ रनमा आउट भए । इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । बेन स्टोक्स, क्रिस वोक्स, साम करन र आदिल राशिदले एक एक विकेट लिए ।
न्युजिल्यान्ड ५ खेलमा ३ मा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । न्युजिल्यान्डको नेटरनरेट प्लस २.११३ छ । त्यस्तै इंग्ल्यान्डको ५ खेलमा तीन मा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ दोस्रो स्थानमा रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.४७३ रह्यो ।
अष्ट्रेलिया ५ खेलमा सामान नतिजाको साथ ७ अंक भएपनि नेटनरेटको कारण बाहिरिन पर्यो । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ रह्यो । पहिलो खेलमा न्युजिल्यान्डसँगको ८९ रनको हार अष्ट्रेलियालाई भारी पर्यो । सुपर १२ को समूह बी मा भने आइतबार तीन खेलले निर्धारण गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]