3 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईसँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा दुई खेलाडीलाई डेब्यू दिएको छ । अर्जुन साउद र हरिशंकरले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् । टि२० आईमा डेब्यू गरेका थिए । उनले टि२० आईमा भने केन्याविरुद्ध डेब्यू गरका थिए । हरिशंकरले भने नेपालको लागि पहिलो पटक डेब्यू गरेका हुन् ।
नेपालले आज आदिल आलम, भीम सार्की, कमलसिंह, आरिफ शेख र कमलसिंह ऐरी आजको खेलमा बेन्चमा छन् । तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।
युएईका प्रमुख अलराउन्डर रोहन मुस्तफा टोलीमा फर्किएका छन् । उनी युएईको विश्वकप टोलीमा थिएनन् । मुस्तफालाई टियु मैदान र नेपाली खेलाडीबारे राम्रोसँग थाहा छ । नेपालको रोहित र युएईको सिपी रिजवानले कप्तानी गर्नेछन् । आइसिसी विश्वकप लिग–२ अघि दुबै टोलीले तयारीको लागि यस सिरिज खेलेका हुन् ।
नेपालको प्लेइङ ११ ः
आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), हरि शंकर, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]