default_image

3 years ago

November 24, 2022

दीपेशको अलराउन्ड प्रदर्शनमा प्रदेश एकको विजयी सुरुवात

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) ( बायाँ हाते अलराउन्डर तथा कप्तान दीपेश कंडेलको अलराउन्ड प्रदर्शनमा प्रदेश एकलले वाई वाई यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई २१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । गण्डकीको लगातार दोस्रो हार हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४९.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो । ओपनर सोनु अन्सारीले ९४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६४ रन बनाए । कप्तान दीपेश कंडेलले ७५ बलमा २ छक्कासहित ३६ र फिजाल रहमानले ४१ बलमा ३ चौकासहित २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
गण्डकीका शिषिर भुषालले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । निर्तेश गिरीले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सुदीप अर्यालको नाममा एक विकेट रह्यो ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४८.३ ओभरमा १ सय ६२ रनमा अल आउट भयो । गण्डकीका करण पंगेनीले ८६ बलमा ४ चौकासहित सर्वाधिक ४८ रनमा कट एण्ड बोल्ड आउट भए । ओपनर अर्जुन कुमाल ६० बलमा २ चौकासहित २२, सोहेल कुँवर ९, चिब्रिन श्रेष्ठ ५, दीपक ड्रुमे २५, सचिनराज अधिकारी २, सुवास भण्डारीले १८ र शिषिर भुषालले १० रन बनाए ।

प्रदेश एकका दीपेश कंडेलले १० ओभरमा ३ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । अश्विन महतोले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । विपिन महतो र सोनु अन्सारीले दुई दुई विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.