3 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको सानदार शतकको बाबजुद नेपाल पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनसँग दुई विकेटले पराजित भएको छ ।
जितको लागि ३ सय ४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्लीले ४९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा ओपनर साहिल मल्होत्रा ६० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बने । ओपनर तिलक ठाकुर १५, वैभम शर्मा ४४ र सक्षम शर्मा ३३ रनमा आउट भए ।
तल्लोक्रमका यश वर्धान ओबेरियोले २४ बलमा ४ छक्कासहित ४२ रनमा अविजित रहँदै दिल्लीको जित पक्का गराए । मनिष श्रीवात ७ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे । शिवम शर्मा २३ बलमा २ चौका र १ छक्कासहित ३१ र कुशल नागपाललले २१ रन बनाए ।
एक समय दिल्ली ४२.१ ओभरमा २२२-७ को अवस्थामा थियो । तर आठौं विकेटका लागि शिवम र यशले मात्रै ३६ बलमा ६६ रनको विष्फोटक साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
दिल्लीलाई अन्तिम पाँच ओभरमा जितको लागि ५५ रन चाहिएको थियो । तर नेपाली बलरले रोक्न सकेनन् । नेपालका तीव्र गतिका बलर नन्दन यादवले ८ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।
सोमपाल कामीले ७ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ९ ओभरमा ४९ रन खर्चिए । ललित नारायण राजवंशीले ८ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ५ ओभरमा ३३ रन खर्चिए । हरिशंकर शाहले ६ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन खर्चिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा ११ चौका र १ छक्कासहित १ सय १३ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ८ चौका र ६ छक्कासहित १ सय ९ रनको विष्फोटक शतकीय इनिङ खेले । दीपेन्द्रले ५८ बलमै शतक हानेका थिए । खराब प्रदर्शन गरेपनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले १ सय २० रनको सानदार शतकीय साझेदारी गरेका थिए । सातौं विकेटका लागि दीपेन्द्र र आरिफ शेखले ५९ रनको साझेदारी गरेका थिए । आरिफले १० बलमा १ छक्कासहित १८ रन बनाए ।
दीपेन्द्र र रोहितले शतक हानेपनि नेपालका पाँच ब्याटरले खाता खोल्न सकेनन् । नेपालको सुरुवात सम्झन लायक रहेन । शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए । ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट भएका थिए ।
तीव्र गतिका बलर आयुष यादवले दोस्रो ओभरको दोस्रो बलमै अर्जुनलाई एलबीडब्लू आउट गरे । त्यसपछि प्रिन्स यादवले तेस्रो ओभरमा आसिफ शेख र ज्ञानेन्द्र मल्ल दुबैलाई शून्यमा बोल्ड गर्दा नेपाल २-३ को दयनीय अवस्थामा थियौं । चौथो विकेटका लागि रोहित र हरिशंकरले ५८ रनको साझेदारी गरेका थिए । हरिशंकर २९ बलमा ३ चौकासहित २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए ।
रोहित र कुशल भुर्तेलले पाँचौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका सोमपाल कामी र गुलशन झाले पनि खाता खोल्न सकेनन् । दिल्लीका प्रिन्स यादवले ९ ओभरमा ३ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए । मनिष श्रीवातले २ विकेट लिए ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
July 18, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]