default_image

3 years ago

January 26, 2023

सन्दीप टोलीमा फर्किने बारे क्यानको जवाफ

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय टोलीमा फर्किने बारे जवाफ दिएको छ । क्यानले नेपाल टि २० लिग विवाद बारे बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप बारे बोलेका छन् ।

‘सन्दीप नेपालका लागि चाहिँने खेलाडी हुन् भन्नेमा कुनै लुकाउने पर्ने कुरा छैन । तर नेपालको कानुनले कुन किसिमको स्वीकृति दिन्छ त्यसको लागि सम्बन्धित निकायमा हामीले पहल गरेका छौं । त्यो अनुसार हामी अगाडि बढ्छौं’, चन्दले भने ।

चन्दले अगाडि भने, क्यान त्यसैपनि विभिन्न कारणले घेराबन्दीमा परेको हुँदा हामी धेरै बोल्न सक्दैनौं । आइसिसीले हामीलाई के भनेको छ भने नेपालको कानुनले अनुमति दिन्छ भने तिमीहरु अघि बढ । नेपालको कानुनमा हामी छलफल गरि राखेका छौं । सम्बन्धित निकायसँग सुझाव मागेका छौं । त्यसपछि मात्रै हामी निर्णय लिन्छौं ।’

नेपालले आगामी महिना घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ । क्यानले एक दुई दिनमै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बोलाउने तयारी गरिरहेको बताइएको छ । त्यसैले सन्दीप खेल्छन् वा खेल्दैनन् भन्ने धेरैको चासो छ ।

सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय भने काठमाडौं जिल्ला अदालतले फैसला गर्नेछ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । अदालतले यथाशिघ्र सन्दीपको राहादानी रोक्का गर्न गृह मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन ।केहि कानुन व्यवसायी भने सन्दीपले तत्काल खेल्न नपाउने बताउँदै आएका छन् । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.