3 years ago
February 1, 2023
एजेन्सी – कप्तान जस बटलर र डेविड मलानको सानदार शतकमा इंग्ल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ ।

डाइमन्ड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४६ रन बनायो । इंग्ल्यान्डका कप्तान जस बटलर १ सय २७ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३१ रनमा आउट भए । बटलरको यो ओडिआई करिअरको ११ औं शतक हो । बटलर मार्को यानसनको बलमा लङअनमा एडेन माक्ररमबाट क्याच आउट भए ।
डेविड मलान १ सय १४ बलमा ७ चौका र ६ छक्कासहित १ सय १८ रनमा आउट भए । मलानको ओडिआई करिअरको तेस्रो शतक हो । इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक थिएन । एक समय १४–३ को खराब अवस्थामा पुगेको इंग्ल्यान्डलाई जस बटलर र डेविड मलानले २ सय ११ बलमा २ सय ३२ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै यादगार पूनरागमन गराएका थिए ।
तीव्र गतिका बलर लुन्गी एनगिडीले ओपनर जेसन रोयलाई एक, बेन डकेटलाई डक र ह्यारी ब्रुकलाई ६ रनमा पेभेलिएन पठाएका थिए । तर त्यसपछि मलान र बटलरले खेलमा राज गरे । मोईन अली २३ बलमा २ चौका र ४ छक्कासहित ४१ रनमा आउट भए । साम करन र आदिल राशिदले ११-११ रन बनाए ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर लुन्गी एनगिडीले १० ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्को यानसनले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । तीन खेलको सिरिज दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]