3 years ago
February 25, 2023
एजेन्सी – स्पिन अलराउन्डर आयन खानले युएईको सिनियर टोली छाडेर आइसिसी विश्वकप यू१९ टोलीमा कप्तानीलाई निरन्तरता दिएका छन् । सिनियर र यू१९ दुवै टोलीमा रहेका आयनले यू-१९ खेलेका छन् । युएईले शनिबार आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियासँग प्रतिस्पर्धा गरि रहेको छ ।

उता यू-१९ टोलीले विश्वकप छनोटमा हङकङसँग प्रतिस्पर्धा गरेको छ । एकै दिन सिनियर र यू-१९ टोलीले प्रतिस्पर्धा गरि रहँदा आयनले उमेर समूहबाट खेलेका हुन् । आयन यू-१९ टोलीका कप्तान समेत हुन् । युएईले प्रस्तुत गरेको २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको हङकङले ४१ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ ।
युएईका आयन खानले १० ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । ब्याटिङमा आयनले १५ रन जोडेका थिए । आयनले बुधबार सिनियर टोलीबाट नामिबियाविरुद्ध अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । योसँगै उनले अव बाँकी सबै यू-१९ खेल खेल्ने बुझिएको छ।
यू-१९ विश्वकप छनोटमा ६ टोली सहभागी छन् । विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई उपाधिको प्रमुख दाबेदार टोली हुन् । नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । बिहीबार नै आइसिसी विश्वकप लिग २ मा नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । आयनले त्यो दिन उमेर समूहबाट नै खेल्ने अनुमान गरिएको छ ।
बिहीबार नामिबियालाई एक विकेटले हराउन आयन खानले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । नामिबियालाई ९१ रनमा अल आउट गर्न आयनले तीन विकेट लिनुको साथै ३५ रनमा अविजित रहँदै रोमान्चक जित दिलाएका थिए ।
१७ वर्षीय अर्थोड्रक्स स्पिनर आयनले ४ ओडिआई खेलमा ८ विकेट लिनुको साथै एक अर्धशतकसहित १ सय १७ रन बनाएका छन् । आयन खानले गत नोभेम्बरमा नेपालविरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।
आयन खानले पहिलो खेलमै ४ विकेट लिनुको साथै २६ रन बनाएका थिए । तेस्रो खेलमा आयन ५४ रनको यादगार इनिङ खेलेका थिए । आयन नै नेपालविरुद्धको तीन खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]