2 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् ।
‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो समय आवश्यक नहुँदा त्यसैले म चिन्तित थिएँ’, रोहितले आफ्नो आउट बारे भने । रोहित कप्तान असाद भालाको बलमा नर्मन भानुवाबाट २१ बलमा २ चौकासहित २० रनमा क्याच आउट भएका थिए । ठूलो सटको धुनमा रोहित क्यान आउट हुन पुगेका थिए ।
‘हामीले लक्ष्य पछ्याउँदा आसिफ र कुशल दाइले राम्रो सुरुवात दिनु भएको थियो । तर त्यसपछि भने साझेदारी भएन । एक दुई विकेट गयो । पछि आरिफ र दिपेन्द्र दाइले राम्रो साझेदारी गर्नुभयो । साझेदारी कमी हुँदा अन्तिममा केहि गाह्रो भयो’, रोहितले भने ।
पछिल्लो समय सोमपाल कामीले ब्याटिङमा नेपालको फिनिसिङ गर्दै आएका छन् । सोमपालको भूमिका खेल फिनिस गर्ने रहेको रोहित बताउँछन् । ‘सोमपाल दाइको भूमिका खेल फिनिस गर्ने हो । अवसर पाउँदा फिनिस गर्ने भूमिका हो । सोमपालले सहज पूरा गर्दै आफूलाई यो भूमिका नदेउ पनि भन्नु हुन्छ’, उनले भने।
आरिफ शेख टोलीमा फर्किएका छन् । आरिफले घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको सिरिजमा विरामी हुँदा गुमाएका थिए । आसिफ टोलीमा हुँदा ब्याटिङ भरपदोसँगै तीव्र गतिको बलिङको विकल्प समेत हुनेछ।
‘दाइ(आरिफ) निर्भर खेलाडी छन् । समग्रमा ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा राम्रो अलराउन्डर हुनुन्छ । दाइले आज बलिङ र ब्याटिङ दुबैमा आफ्नो क्षमता पनि देखाउनु भयो’, रोहितले भने ।
नेपालले आज सोमपाल कामी, करण केसी, प्रतिश जि.सी र गुलशन झालाई तीव्र गतिको बलरको रुपमा मैदान उतारेको थियो । नेपालले पहिलो पटक चार तीव्र गतिका बलर मैदान उतारेको थियो । पहिलो पटक टोलीमा स्पिनर थिएनन् । रोहित पिच हेरेर निर्णय लिएको बताउँछन् ।
‘विकेटहेरेपछि हामीलाई अनुभव भयो की मिडिया पेसरमा अलि कट हुनसक्छ । त्यसैले उक्त निर्णय लिएका हौं’, रोहितले भने । बायाँ हाते तीव्र गतिका बलर प्रतिश डेब्यूले आजको खेलमा डेब्यू गरेका थिए । २०१८ पछि नेपालले बायाँ हाते बलरलाई टोलीमा डेब्यू दिएको थियो । रोहित प्रतिशको डेब्यू एकदमै राम्रो भएको बताउँछन् ।
‘प्रतिशको डेब्यू एकदमै राम्रो रह्यो । हामीले जुन अपेक्षा गरेका थियौं त्यसै अनुसार बलिङ गरेको थियो । अझ राम्रो हुन सक्थ्यो । तर डेब्यूमा राम्रो गर्यो’, रोहितले भने ।
रोहितको कप्तानीमा नेपालले पहिलो पटक ओडिआईमा लगातार पाँच ओडिआई खेल जितेको छ । यसअघि टियु मैदानको प्रभाव भनिएको थियो । पाँचै खेल नेपालले लक्ष्य पछ्याउँदै जितेको थियो । ‘लक्ष्य पछ्याउँदा हामीले सहज महसुस गरेका छौं । विकेटपनि दोस्रो इनिङमा ब्याटिङ गर्न सहज छ । हाम्रो भूमिका के हो र खेल कति महत्वपूर्ण छ हामीलाई थाहा छ । हरेक खेललाई फाइनको रुपमा हेरेका छौं’, रोहितले भने ।
लिग-२ मा नेपाल र युएईबीच शीर्ष चीन र पाँचमा पर्न कडा प्रतिस्पर्धा छ । नेपालले बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ । दुवै टोलीको लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । कप्तान रोहित दबाबमा राम्रो गर्ने टोलीले जित्ने बताउँछन् । ‘युएईसँगको खेल निकै महत्वपूर्ण छ । मलाई के अनुभव हुन्छ भने त्यति बेला जसले दबाब सम्हाल्न सक्छ त्यहिँ टिमले नै जित्छ’, रोहितले भने ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]