3 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् ।

‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो समय आवश्यक नहुँदा त्यसैले म चिन्तित थिएँ’, रोहितले आफ्नो आउट बारे भने । रोहित कप्तान असाद भालाको बलमा नर्मन भानुवाबाट २१ बलमा २ चौकासहित २० रनमा क्याच आउट भएका थिए । ठूलो सटको धुनमा रोहित क्यान आउट हुन पुगेका थिए ।
‘हामीले लक्ष्य पछ्याउँदा आसिफ र कुशल दाइले राम्रो सुरुवात दिनु भएको थियो । तर त्यसपछि भने साझेदारी भएन । एक दुई विकेट गयो । पछि आरिफ र दिपेन्द्र दाइले राम्रो साझेदारी गर्नुभयो । साझेदारी कमी हुँदा अन्तिममा केहि गाह्रो भयो’, रोहितले भने ।
पछिल्लो समय सोमपाल कामीले ब्याटिङमा नेपालको फिनिसिङ गर्दै आएका छन् । सोमपालको भूमिका खेल फिनिस गर्ने रहेको रोहित बताउँछन् । ‘सोमपाल दाइको भूमिका खेल फिनिस गर्ने हो । अवसर पाउँदा फिनिस गर्ने भूमिका हो । सोमपालले सहज पूरा गर्दै आफूलाई यो भूमिका नदेउ पनि भन्नु हुन्छ’, उनले भने।

आरिफ शेख टोलीमा फर्किएका छन् । आरिफले घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको सिरिजमा विरामी हुँदा गुमाएका थिए । आसिफ टोलीमा हुँदा ब्याटिङ भरपदोसँगै तीव्र गतिको बलिङको विकल्प समेत हुनेछ।
‘दाइ(आरिफ) निर्भर खेलाडी छन् । समग्रमा ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा राम्रो अलराउन्डर हुनुन्छ । दाइले आज बलिङ र ब्याटिङ दुबैमा आफ्नो क्षमता पनि देखाउनु भयो’, रोहितले भने ।
नेपालले आज सोमपाल कामी, करण केसी, प्रतिश जि.सी र गुलशन झालाई तीव्र गतिको बलरको रुपमा मैदान उतारेको थियो । नेपालले पहिलो पटक चार तीव्र गतिका बलर मैदान उतारेको थियो । पहिलो पटक टोलीमा स्पिनर थिएनन् । रोहित पिच हेरेर निर्णय लिएको बताउँछन् ।
‘विकेटहेरेपछि हामीलाई अनुभव भयो की मिडिया पेसरमा अलि कट हुनसक्छ । त्यसैले उक्त निर्णय लिएका हौं’, रोहितले भने । बायाँ हाते तीव्र गतिका बलर प्रतिश डेब्यूले आजको खेलमा डेब्यू गरेका थिए । २०१८ पछि नेपालले बायाँ हाते बलरलाई टोलीमा डेब्यू दिएको थियो । रोहित प्रतिशको डेब्यू एकदमै राम्रो भएको बताउँछन् ।
‘प्रतिशको डेब्यू एकदमै राम्रो रह्यो । हामीले जुन अपेक्षा गरेका थियौं त्यसै अनुसार बलिङ गरेको थियो । अझ राम्रो हुन सक्थ्यो । तर डेब्यूमा राम्रो गर्यो’, रोहितले भने ।

रोहितको कप्तानीमा नेपालले पहिलो पटक ओडिआईमा लगातार पाँच ओडिआई खेल जितेको छ । यसअघि टियु मैदानको प्रभाव भनिएको थियो । पाँचै खेल नेपालले लक्ष्य पछ्याउँदै जितेको थियो । ‘लक्ष्य पछ्याउँदा हामीले सहज महसुस गरेका छौं । विकेटपनि दोस्रो इनिङमा ब्याटिङ गर्न सहज छ । हाम्रो भूमिका के हो र खेल कति महत्वपूर्ण छ हामीलाई थाहा छ । हरेक खेललाई फाइनको रुपमा हेरेका छौं’, रोहितले भने ।
लिग-२ मा नेपाल र युएईबीच शीर्ष चीन र पाँचमा पर्न कडा प्रतिस्पर्धा छ । नेपालले बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ । दुवै टोलीको लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । कप्तान रोहित दबाबमा राम्रो गर्ने टोलीले जित्ने बताउँछन् । ‘युएईसँगको खेल निकै महत्वपूर्ण छ । मलाई के अनुभव हुन्छ भने त्यति बेला जसले दबाब सम्हाल्न सक्छ त्यहिँ टिमले नै जित्छ’, रोहितले भने ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]