default_image

3 years ago

February 27, 2023

‘नेपाली क्रिकेटको स्तर बढेको अनुभव भयो’– आरिफ

290 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर आरिफ शेखले नेपाली क्रिकेट टोलीको स्तर बढेको अनुभव भएको बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई चार विकेटले हराएपछि आरिफले उक्त प्रतिक्रिया दिएका हुन् ।

विरामीपछि नेपाली क्रिकेट टोलीमा फर्किएका आरिफले नेपाललाई जिताउन ६२ बलमा १ चौकासहित ३३ रनको योगदान दिए । एक समय १३५–४ को अवस्थामा पुगेको नेपाली क्रिकेटलाई आरिफ र दीपेन्द्रले ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफ प्रशिक्षकले दिएको भूमिकामा केन्द्रित भएको बताउँछन् ।

‘जुन भूमिका प्रशिक्षकले दिनु भएको थियो त्यसैमा आफूलाई केन्द्रित गरे । हामीलाई थाहा थियो । ४०-५० रनको साझेदारी भएपछि हामीले खेलमा पूनरागमन गर्न सक्छौं । अन्तिममा हामीले त्यहिँ गर्यौ’, आरिफले खेलपछि भने ।

आरिफ अघिल्लो साता टियु क्रिकेट मैदानमा स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक ओडिआई सिरिजमा अन्तिम नेपाली टोलीमा थिएनन् । तर नेपाली टोलीसँगै डग आउटमा रहेका थिए । ज्वरोको कारण नेपालले राम्रो गर्दा आरिफले आफ्नो योगदान दिन पाएका थिएनन् । आरिफ नेपालले एकदमै राम्रो प्रदर्शन गरेको बताउँछन् ।

‘टिमले नेपालमा एकदमै राम्रो प्रदर्शन गर्यो । हामीले एक उत्कृष्ट (वन अफ द वेस्ट) क्रिकेट खेल्यौं । त्यो हेर्दा मलाई खुशी लागेको थियो । स्तर बढेको जस्तो अनुभव भयो । आफूले केहि योगदान गर्न नपाउँदा एकदम दुखी पनि लागेको थियो । तर टिमले जित्दा एकदम खुसी खुसी लागेको थियो’, आरिफले भने ।

‘यो कन्डिसन मैले र दीपेन्द्रले रिड गयौं । त्यो अनुसार आजको खेलमा गयौ’, आरिफले भने । आरिफले डेथ ओभरमा बलिङ गरेका थिए । ३ ओभरमा १७ रन खर्चिएका थिए । ‘बलिङ गर्दा राम्रो लाग्यो । अभ्यासहरुमा पनि बलिङ गरेको थिए । त्यो अनुसार कप्तानले मलाई बलिङ दिएको थियो । आज राम्रो नै अनुभव भयो’, उनले भने ।

नेपालले पपुवा न्युगिनीसम्म ११ नम्बरनै ब्याटिङक्रम खेलाएको थियो । तल्लोक्रमका सबै ब्याटरले राम्रो प्रदर्शन गर्न सक्थें । टियुमा नेपालले लगातार तीन पटक २ सय ७० माथिको योगफल पूरा गरेको थियो । नेपालले पहिलो पटक ओडिआईमा लगातार पाँच पटक जित हात पारेको छ । सबै खेल लक्ष्य पछ्याउँदा थिए । आरिफ एक उत्कृष्ट टोली भएको बताउँछन् ।

‘अहिले वान अफ द वेस्ट सेट अफ हो । प्रशिक्षकले दिएको भूमिका सबैले राम्रोसँग निभाएका छन् । मलाई त्यस्तो अनुभव भयो । त्यसैले गर्दा टोली राम्रो भएको छ’, आरिफले भने ।

सबै खेलाडीले मोन्टी देशाईको आगमनपछि नेपाली टोलीमा मनोबल फेरिएको बताउँदै आएका छन् । सबै खेलाडी सकरात्मक वातावरण पाएको बताउँछन् । ‘मोन्टी सरले हाम्रो एउटा सकरात्मक सेटअप बनाउनु भएको छ । त्यसले गर्दा पनि प्रदर्शन गर्न सजिलो भएको छ । नेपाली टोलीको कमब्याक गर्न सजिलो भएको छ,’ उनले भने ।

मोन्टी आउनु अघि नेपालले ओडिआई मान्यता जोगाउन संघर्ष गरेको थियो । तर लगातार पाँच जितपछि अव नेपाललाई सोझै ओडिआई मान्यता जोगाउन ७ मध्य ४ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न नेपालले ६ खेल जित्नुपर्ने हुन्छ ।

आरिफ हरेक खेल फाइनल जस्तै हुने बताउँछन् । नेपालले अव बिहीबार युएईसँग खेल्नेछ । शुक्रबार पपुवा न्युगिनी र सोमबार युएईसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टियुमा प्रतिस्पर्धा हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.