3 years ago
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । मलेक क्रिकेट ग्राउन्ड २ मा भएको टसमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल केहि समयमा फिल्डिङको लागि मैदान उत्रदैछ ।

नेपाल ३ खेलमा ६ अंकका साथ नेटरनरेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ।
नेपाल र युएई प्रमुख दावेदार टोली हुन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन र हङकङलाई ९ विकेटले हराएको थियो । यता मलेसियाले कुवेतलाई ५ विकेटले हराएको थियो । सिंगापुरसँग मलेसियाले सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

नेपालले निर्णायक मानिएको युएईसँगको खेल बिहीबार खेल्नेछ । आज अन्य यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईले कुवेत तथा हङकङले सिंगापुरसँग खेल्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]