3 years ago
February 28, 2023
एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् ।

बुमराहले गतवर्ष टि२० विश्वकप पनि चोटका कारण गुमाएका थिए । यदि भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेलेको खण्डमा उनले उक्त खेल पनि गुमाउने छन् ।
बुमराहले आगमी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने एकदिवसीय विश्वकपमा फर्किन सक्ने अनुमान गरिएको छ । ब्याक इन्जुरीको कारण बुमराहले गतवर्ष अगष्टमा एसिया कप गुमाएका थिए ।
त्यसपछि उनी टि२० विश्वकप टोलीमा थिए । बुमराहले सेप्टेम्बरमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध दुई टि२० आई खेल पनि खेलेका थिए । त्यसपछि उनी विश्वकपबाट बाहिरिन पुगेका थिए । बुमराहले अन्तिम पटक २०२२ सेप्टेम्बर २५ मा अष्ट्रेलियाविरुद्ध टि२० आई खेल खेलेका थिए ।
त्यसपछि बुमराहले कुनैपनि क्रिकेट खेल खेलेका छैनन् । उक्त अन्तिम खेलमा बुमराहले ४ ओभरमा ५० रन खर्चिएका थिए । बुमराह २०१६ देखि भारतका सर्वाधिक भरपर्दा बलर हुन् । विश्व क्रिकेटमै सटिक योर्करका लागि चिनिन्छन् ।
उनी टोलीबाट बाहिरिदा मुम्बईलाई पनि ठूलो घाटा लाग्नेछ । मुम्बईमा जोफ्रा आर्चर, जेसन बेहरनडोफ, झेय रिचर्डसन, अर्जुन तेन्दुलकर र डुआन यानसन जस्ता तीव्र गतिका बलर छन् । क्यामरन ग्रीन अलराउन्डरको रुपमा खेल्नेछन् । आइपिएल २०२३ आगमी मार्च ३१ देखि सुरु हुनेछ ।
मुम्बईले अप्रिल २ मा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्दै सुरुवात गर्नेछ । पाँच पटकको च्याम्पियन मुम्बई गतवर्ष भने पुछारमा रहँदै बाहिरिएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]