2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद इंग्ल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड(एक सय बलको खेल) प्रतियोगिता ड्राफ्टमा परेका छन् ।
ड्राफ्टमा कुल ३ सय ६८ खेलाडीको नाम रहेको छ । जसमा नेपालबाट सन्दीप र अर्जुन साउद परेका छन् । यी दुवै खेलाडीले आफ्नो मूल्य भने तोकेका छैनन् । ड्राफ्ट २३ मार्चमा हुनेछ ।
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १ लाख २५ हजार पाउन्ड स्टर्लिङ सर्वाधिक बढी मूल्य राखेका छन् । त्यस्तै पाकिस्तानका क्रिकेटर बाबर आजम र शाहिन शाह अफ्रिदीले एक लाख पाउन्ड स्टर्लिङ मूल्य राखेका छन् । सन्दीपलाई गत भदौमा बलात्कार आरोप लागेको थियो ।
क्यारेविन प्रिमियर लिग खेल्ने वेस्टइन्डिज गएका उनी बलात्कार अरोपपछि नखेली फर्किनु परेको थियो । सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) देखि लगभग सबै विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । तर बलात्कार अरोपपछि उनले अघिल्लो साता घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलेका थिए । सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए ।
यता अर्जुन साउदले भदौमा नै केन्या भ्रमणमा नेपालको टोलीमा डेब्यू गरेका थिए । अर्जुनले नेपालबाट ७ ओडिआई र ३ टि२० आई खेल खेलेका छन् । पछिल्लो दुई सिरिजमा उनी नेपाली टोलीमा छैनन् ।
गतवर्ष सन्दीपलाई ड्राफ्टमा अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएका थिएनन्। सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ मूल्य तोकेका थिए । सन्दीप २०२० पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए ।
तर भिसा समस्याका कारण सन्दीप इंग्ल्यान्ड पुगेर क्वारेन्टाइन बसेर मात्र फर्कनु परेको थियो । सन्दीपले त्यहाँ पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न पाएका थिएनन् ।
प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।
June 20, 2025
एजेन्सी – ओपनर यशस्वी जैसवाल र कप्तान शुभमन गिलको शतकको सहयोगमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो टेस्टको पहिलो दिन शुक्रवार भारतले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो दिनको खेल सकिदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान गिल शतकमा र उपकप्तान ऋषभ पन्त […]
June 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा वडा ३ ले वडा नम्बर १ लाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको वडा १ ले २० ओभरमा […]