3 years ago
March 1, 2023
एजेन्सी – अष्ट्रेलियाका स्पिनरको उच्च प्रदर्शनसँगै घरेलु टोली भारत तेस्रो टेस्ट खेलको पहिलो इनिङमा लज्जास्पद ब्याटिङ गर्दै सामान्य योगफलमा अल आउट भएको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भयो ।

भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रनको योगदान दिए । अष्ट्रेलियाका तीन स्पिनरले दोस्रो सेसनमै भारतलाई अल आउट गरेका हुन् । छैटौं ओभरको अन्तिम बलमा म्याथ्यु कुह्नेमानले कप्तान रोहित शर्मालाई १२ रनमा विकेटकिपर एलेक्स केरीबाट स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाए । त्यसपछि भारतले लगातार एकपछि अर्को विकेट गुमाएको थियो ।
रोहितले २३ बलमा ३ चौका हाने । अर्का ओपनर शुभमन गिल १८ बलमा ३ चौकासहित २१ रनमा उनकै बलमा कप्तान स्टिभ स्मिथबाट क्याच आउट भए । नाथन लायनले चेतेश्वर पुजारालाई एक रनमा बोल्ड गरेपछि भारत २७-० बाट ३६-३ को अवस्थामा पुगेको थियो । रविन्द्र जडेजा ४ र श्रेयस ऐर शून्यमा आउट भएपछि भारत ४५-५ को संकट अवस्थामा पुगेको थियो ।
विराट कोहली र केएस भरतले ३५ रनको साझेदारी गरेका थिए । भरत १७, रविचन्द्रन आश्विन ३ र उमेश यादव १७ रनमा आउट भए । अक्षर पटेल १२ रनमा अविजित रहे । अष्ट्रेलियाका म्याथ्यु कुह्नेमानले ९ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिए । नाथान लायनले ३ र टोड मर्फीले एक विकेट लिए । मोहम्मद शिराज भने रन आउट भएका थिए ।

अष्ट्रेलिया कप्तानी स्टिभ स्मिथले गरेका छन् । स्मिथले २०१८ मा बल टेम्परिङ काण्डपछि पहिलो पटक अष्ट्रेलिया कप्तानी गरेका हुन् । नियमित कप्तान प्याट कमिन्स आमा विरामी भएपछि घर फर्किदा स्मिथले कप्तानी गरेका हुन् ।
अष्ट्रेलिया टोलीमा क्यामरन ग्रीन र मिचेल स्टार्क टोलीमा फर्किएका छन् । चार टेस्ट खेलको सिरिजमा भारत २–० ले अघि छ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न एक जित आवश्यक छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]