default_image

3 years ago

March 1, 2023

सन्दीपले घाइते मौसमको स्थान लिने

302 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घाइते स्पिनर मौसम ढकालको स्थान लिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले मौसमको स्थान जनाएको छ । सन्दीप आजनै नेपालबाट दुबई आउँदैछन् । मौसम मंगलबार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले गरेको थ्रो-डाउनले मौसमको दायाँ हातको काँधका चोट लाग्न पुगेको थियो । बाउन्सर बलले उनको काँधमा लाग्न पुगेको थियो । बुधबार नेपाली क्रिकेट टोलीले आइसिसी एकेडेमीमा अभ्यास गरिरहँदा मौसम भने आइसिङ गरेर बसेका छन् ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएपछि युएई आउन लागेका हुन् । अघिल्लो साता आइसिसी विश्वकप लिग २ मा सन्दीपले स्कटल्यान्ड र नामिबियाविरुद्ध ४ खेलमा १३ विकेट लिएका थिए । तर उच्च अदालत पाटनले उनलाई विदेश जान रोक लगाएको हुँदा नेपाली टोलीसँग आएका थिएनन् ।

नेपालले पहिलो खेलमा सोमबार पपुवा न्युगिनीलाई चार विकेटले हराएको थियो । नेपालले बिहीबार युएईसँग खेल्दैछ । शुक्रबार पपुवा न्युगिनी र ६ मार्चमा युएईसँग खेल्नेछ ।

लिग २ मा यो नेपालको अन्तिम विदेश भ्रमण समेत हो । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै सोझै ओडिआई मान्यता पाउन अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता पाउन नेपालले चार खेल जित्नुपर्ने हुन्छ । नेपाल २९ खेलमा २८ अंकका साथ छैटौं स्थानमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.