default_image

3 years ago

March 1, 2023

युएईलाई हराउँदै विश्वकप खेल्ने सोचमा नेपाल

340 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा विहीबार युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ।

सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू१९ विश्वकप खेल्ने सोचमा हुनेछ ।

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२-३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल पराजित हुन पुगेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले २०२० को विश्वकप खेल्न पाएको थिएन । कोरोना महामारीको कारण २०२१ को एसिया क्षेत्र छनोट हुन नसकेपछि युएई त्यहिँ एक रनको जितको कारण २०२२ को विश्वकप खेलेको थियो ।

नेपाल र युएईबीचको पछिल्ला पाँच छनोटको खेल हेर्दा युएई अघि भएको थियो । त्यहिँ एक रनको जितको कारण युएई अघि भएको थियो । एक रनको हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएको छैन । नेपाल त्यसको बदला लिँदै ८ वर्षपछि विश्वकप खेल्न चाहन्छ ।

सानदार प्रदर्शन गरेको नेपालको मनोबल पनि उच्च छ । नेपालले ब्याटिङ र बलिङ दुवैमा उच्च प्रदर्शन गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउन आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतक प्रहार गरेका थिए । दोस्रो खेलमा कुवेतविरुद्ध कप्तान देव खनालले १ सय २५ र अर्जुन कुमालले १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यहिँ खेलमा आकाश चन्दले ६ विकेट लिएका थिए ।

तेस्रो खेलमा नेपालका आकाश त्रिपाठीले अर्धशतक प्रहार गरेका थिए । नेपालको ब्याटिङ लाइनअप मजबुत छ । ओपनरमा दीपक बोहरा र अर्जुन कुमाल छन् । अर्जुनको विकेट लिन जो कोही बलरलाई कठिन पर्छ । घरेलु क्रिकेटमा सिनियर बलरविरुद्धनै उत्कृष्ट प्रदर्शन गरेका अर्जुन यस प्रतियोगितामा पनि सानदार लयमा छन् । उनीबाट नेपाल प्रमुख खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ ।

तेस्रो नम्बरमा आकाश त्रिपाठी छन् । आकाशले यस प्रतियोगितामा तीन मध्य दुई इनिङमा अर्धशतक प्रहार गरेका छन् । चौथो नम्बरमा कप्तान देव खनाल छन् । देव खनाल नेपालका प्रमुख हतियार हुन् । सिनियर टोलीबाट १० ओडिआई खेलको अनुभव बोकेका देवबाट नेपाल निर्णायक खेलमा एक यादगार इनिङ खेल्न चाहन्छ ।

पाँचौं नम्बरमा विशाल विक्रम केसी र छैटौं नम्बरमा दीपेश कँडेल छन् । यी दुबै खेलाडी ब्याटिङ राम्रो गर्दछन् । आकाश चन्द र मिलन बोहरा पनि बलिङ अलराउन्डर हुन् । त्यसैले नेपालको ब्याटिङमा गहिराई छ ।

नेपालको तीव्र गतिको बलमा हेमन्त धामी र आकाश चन्द छन् । यी दुवै बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युएईविरुद्ध पनि नायक बन्न सक्छन् । स्पिनरमा सुवास भण्डारी र दीपेश कँडेलको जोडी हुनेछन् । यी दुई स्पिनर खेल्न युएईका ब्याटरलाई सहज भने हुनेछैन । तेस्रो स्पिनमा मिलन र चौथोमा विशाल छन् ।

नेपालको टोली सन्तुलित छ । दबाबम इनिङ सम्हाल्न सक्नुपर्छ । उता युएईको सिनियर टोलीबाट खेलि सकेका आयन खान कप्तान हुन् । स्पिन आयन देखि भने नेपाल सचेत हुनुपर्छ । आयन ब्याटिङ पनि राम्रो गर्ने गर्दछन् । यस प्रतियोगितामा युएईका ध्रुव परासर ४ खेलमा २ अर्धशतकसहित १ सय ९२ रनका साथ शीर्ष स्थानमा छन् । सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा नेपालका अर्जुन कुमाल १ सय ८२ रनका साथ दोस्रो स्थानमा छन् ।

यस प्रतियोगितामा शतक हान्ने नेपालका दुई खेलाडी मात्रै हुन् । अन्य कुनैपनि देशका खेलाडीले शतक हानेका छैनन् । यस प्रतियोगितमा युएईका आयन खान र नेपालका आकाश चन्दले सर्वाधिक ११–११ विकेट लिएका छन् । ध्रुब परासरले १० विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका छन् । नेपालका दीपेश कँडेल र हेमन्त धामीले ७–७ विकेट लिएका छन् ।

युएईसँग खेल्नु अघि नेपालका कप्तान र प्रशिक्षकको भनाई :

‘अव पिडा भन्दा पनि देशमा एउटा खुसी दिलाउने हो । गएको कुरालाई बिर्सिउ । हो त्यो के हो भन्ने भित्र जिनमै छ । क्वालिफायर गरेर सबै नेपालीलाई अनुहारमा खुसी हेर्न चाहन्छौं’, जगत टमाटा नेपाली यू–१९ मुख्य प्रशिक्षक

‘विपक्षी टोली अलिकति कमजोर होलान् । यो उमेर समूहमा सबै बराबर नै हुन्छ । अलिकित हामीले राम्रो क्रिकेट खेलेको हो भन्न मिल्छ । दुई महिना हामीले जुन मिहिनेत गरेका थियौं त्यसको नतिजा पाई राखेका छौं । इतिहास लेखाउन अव एक कदम टाढा छौं । युएई र हाम्रो टोली बराबर छन् । यस खेलमा जसले उत्कृष्ट क्रिकेट खेल्छ त्यसैले जित्ने हो’, देव खनाल नेपाल यू–१९ कप्तान ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.