3 years ago
March 2, 2023
आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरुवात गरेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदै १० ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।

नेपालका देव खनाल १२ र उत्तम थापामगर ३ रनमा क्रिजमा छन् । नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड आउट गरेका थिए ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् ।
नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ ११ :
दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]