default_image

3 years ago

March 3, 2023

दीपेशको त्यो जादुमय ओभर…

319 views

0 Bookmark

नेपाली क्रिकेट टोलीले ठूला सफलता सजिलै हात पारेको इतिहास छैन । थुप्रै पटक हारको मुखबाटै फर्कदै अविश्वसनीय जित निकाल्दै आएको छ । त्यो २०१३ मा टि२० विश्वकप छनोट होस् वा २०१८ को ओडिआई मान्यता पाउन डिभिजन टु मा क्यानडाविरुद्ध करणको इनिङ । सबै जितको आशा मारेको अवस्थाबाट इतिहास रचेको थियो ।

नेपालले पुनः त्यस्तै अविश्वसनीय जित बिहीबार युएईको अजमानमा रहेको इर्डेन गार्डेन्स ओभलमा हात पार्यो । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टोली युएईमाथि ७ रनको रोमान्चक जित हात पार्यो । अर्को वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाउन जित बाहेक अन्य विकल्प थिएन ।

पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ सय ९१ रनमा अल आउट भयो । युएई सुरुवात राम्रो गरेपछि नेपाललाई जित निकाल्न कठिन पर्यो । खेल्दै जादा युएइ सहज जिततर्फ अघि बढेको थियो । एक समय युएईलाई जितको लागि ४८ बलमा ६ विकेट हातमा हुँदा मात्रै ४० रन चाहिँएको थियो ।

घरेलु टोली युएईलाई जितको लागि १८ बलमा ११ रन चाहिँएको थियो । हातमा तीन विकेट बाँकी थियो । बलिङमा बायाँ हाते स्पिनर दीपेश कँडेल आए । कँडेलले त्यसअघि ९ ओभरमा २८ रन खर्चेर २ विकेट लिएका थिए । त्यो समयसम्म धेरैले नेपालले जित्नेमा आशा मारी सकेका थिए ।

कप्तान देव खनालले लामो समय सोच विचार गरेर दीपेशलाई ४८ औं ओभर बलिङ दिने निर्णय लिए । पेभेलिएनबाट प्रशिक्षक जगत टमाटाले पनि दीपेशलाई नै बलिङ दिन आग्रह निरन्तर गरेका थिए । देवलेले केहि सम्झाई बुझाई गरेपछि दीपेशको हातमा बल दिए ।

यो ओभरले नेपालको जित वा हार पक्का गर्ने निश्चित थियो । खेलको अन्तिम समयमा स्पिनरमाथि ठूला सट खेल्ने अनुमान गरिएको थियो । दीपेशले पहिलो बल मरुफलाई फ्याँलेका थिए । एज लागेपछि एक रन हुन पुग्यो । दोस्रो बल दीपेशले गुड लेन्थमा राखे । त्यसमा स्ट्रोक खेलेका हर्षितले रन बटुल्न सकेनन् । तेस्रो बल एज लागेर थर्डम्यानतर्फ जान पुग्यो र दुई रन भयो । त्यो समय १५ बलमा ८ रन चाहिएको थियो । तीन विकेट हातमा हुँदा धेरैले आशा मारेका थिए ।

देव खनालले हरेक बलपछि दीपेशलाई स,सम्झाइरहेका राखेका थिए । चौथो बल दीपेशले लेन्थमा राखेका थिए । हर्षितले चाल पाउन नसक्दा बिट हुँदै बोल्ड भए । त्यसपछि भने नेपालको जितको सम्भावना बढेको थियो ।

तल्लोक्रममा बाँकी रहेका बलरलाई आएर रन बनाउन इर्डेन गाडेन ओभलमा सहज थिएन । पाँचौं बल फाल्नुअघि देवले दीपेशलाई धेरै समय सम्झाए । फुल योर्करको प्रयास गरेका दीपेशको बल कभरमा सट खेल्नेक्रममा हरित हरिष सिट्ठी देवबाट क्याच आउट भएपछि खेल साँच्चै रोमान्चक बनेको थियो । युएईलाई विश्वकपमा पुग्न १३ बलमा ८ रन चाहिएको थियो । नेपाललाई एक विकेट आवश्यक थियो ।

दीपेशले गुड लेन्थमा राखेको बल बिट भएपछि मोनिष गजेश बोल्ड आउट हुन पुगे । बोल्ड भएपछि बेल भुईमा खस्न नपाउँदै दीपेश र विकेकिपर उत्तम थापामगरले विश्वकपमा पुगेको खुसीयाली मनाउन थाले । हेमन्त धामी, दीपक डुम्रे र उत्तमले नन स्ट्राइकको स्टम्प छोपेर दौडिन लागे । उता स्ट्राइकतर्फ स्टम्प समात्न हिँडेका विशाल नपाएपछि त्यतिकै खुसीयाली मनाउन थाले ।

दीपेश कँडेल जितपछि मैदानमा भावुक बने । धेरै खेलाडी भावुक बनेर मैदानै लडे । हारिसकेको खेल दीपेशले ह्याट्रिक लिँदै विश्वकपमा स्थान पक्का गराए । धेरै खेलाडीको खुसीको आशु रोकिएका थिएनन् । दीपेश झनै धेरै भावुक थिए । ड्रेसिङ रुपमा सबैले खुसी मनाउन थाले । केहि नेपाली समर्थम पनि खुसी हुँदै फकिए । टोलीले निरन्तर खुसी मनाउन थाल्यो ।

सवैको प्रदर्शन त्यतिनै महत्वपूर्ण थियो । क्रिकेटमा ११ खेलाडीको योगदान विना जित निकाल्न कठिन पर्छ । तर दीपेश टोलीको हिरो बने । लगभग हारिसकेको खेल अविश्वसनीय रुपमा जिताए । जुन अवस्थाबाट जित निकाल्न धेरै कठिन पर्दछ । उनले नेपाललाई जिताउन ह्याट्रिकसहित कुल पाँच विकेट लिएका थिए । उनले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।

सारा नेपाली क्रिकेट समर्थक र शुभचिन्तकको मनमा दीपेश हिरो बने । युएईसँगको यो जित नेपालको एउटा बदला पनि थियो । २०१९ मा युएईसँग नै एक रनले पराजित हुँदै नेपाली यू१९ टोलीले दुई पटक विश्वकप खेल्न पाएन । गतवर्ष सिनियर टोली पनि युएईसँग हार्दै बाहिरिएको थियो । दीपेश आफ्नो करिअरको उत्कृष्ट बल फ्याँलेको बताउँछन् ।

‘विश्वकपमा पुग्दा आजको जस्तो अनुभव मलाई कहिल्यै भएको थिएन । यो खुसीको अनुभव म बताउन पनि सक्दैन । मलाई कप्तानले बल दिएपछि त विकेट नै चाहिँएको थियो नि । जसरी भएपनि म विकेट नै लिन गएँ । देव दाइले पनि हरेक खेलमा सम्झाई राख्नु भएको थियो । विश्वकप पुग्ने सबैको सपना पूरा गयौं’, दीपेशले जितपछि भने ।

अन्तिम बल आफ्नो उत्कृष्ट बल फ्यालेको बताउँछन् । ‘अन्तिम विकेट थियो । नयाँ ब्याटर पनि थियो । सकेसम्म आफ्नो उत्कृष्ट बल फाल्छु भन्ने लागेको थियो र संयोगवश ह्याट्रिक भयो’, उनले भने ।

जगत टमाटाले पनि दीपेशलाई नै बल दिन आग्रह गरेका थिए । देव र टमाटाको निर्णय सहि सावित भयो । टमाटा आफ्नो अनुभव प्रयोग गरेको बताउँछन् । ‘मैले मेरो अनुभव सेयर गरेको हो । दुईवटा मिडियम पेसर हुँदा अलिकति टस हुँदा पनि जान्छ । त्यसैले जोखिम लियौं । भाग्यले तीनै बल टर्न भयो । उसले एकदमै ठाउँमा राख्यो । उसको कन्फिडेन्सलाई म सलाम गर्छु । तीन वटा बलनै म्याजिक भयो’, टमाटाले भने ।

नेपाली च्याम्पियन यू-१९ टोली शुक्रबार स्वदेश फर्किनेछ । स्वदेशमा भव्य स्वागतको अपेक्षा गरिएको छ । यो टोलीमा रहेका खेलाडीले आगमी दिनमा राम्रो गर्दै सिनियर टोलीबाट खेल्नेछन् । तर यो जित जिन्दगीभर भुल्नेछैनन् । दीपेशको पहिचान यो खेलले अन्तर्राष्ट्रिय स्तरमा पनि चुलिएको छ । सम्वभत उनको करिअरको टर्निङ प्वाइन्ट पनि यहि खेल बन्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.