3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको लागि स्थान पक्का गरेको गरेको थियो ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४८ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । अन्तिम तीन बलमा लगातार विकेटका साथ जित पक्का गराएका थिए ।
त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । युएईलाई हराउँदै नेपाललाई विश्वकपमा पुर्याउन नायक बनेका पाँच खेलाडी यस प्रकार छन् ।
५.विशाल विक्रम केसी

नेपालको जितमा अलराउन्डर विशाल विक्रम केसीको प्रदर्शन महत्वपूर्ण रह्यो । विशालले तल्लोक्रममा ५० बलमा ५ चौकासहित महत्वपूर्ण ३८ रन जोडेका थिए । उनले एक महत्वपूर्ण क्याच लिदै खेलको टर्निङ प्वाइन्ट गरेका थिए ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका युएईका ध्रुव पराशर ४६ बल खेल्दै १ चौकासहित १७ रनमा आउट भए । स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेलेका ध्रुवलाई स्टेटमा विशालले उत्कृष्ट क्याचका साथ पेभेलिएको बाटो देखाउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।
ब्याटिङ र फिल्डिङमा जित हात पार्दै जित पक्का गराए । उनी खेलमा एलबीडब्लू आउट भए । अम्पायरको निर्णय भने विवादित देखिन्छ ।
४. सुवास भण्डारी

नेपालको जित स्पिनर सुवास भण्डारीको प्रदर्शन पनि महत्वपूर्ण रह्यो । बलिङमा कमजोर सुरुवातपछि टोलीमा फर्काउन स्पिनर सुवासको मध्यक्रममा राम्रो प्रदर्शन गरेका थिए । पहिलो विकेटका लागि अर्यान सक्सेना र अर्यान्श शर्माले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै नेपालको विश्वकप सपनामा कठिन बनेको थियो ।
ड्रिङ्स ब्रेकपछि लगत्तै सुवास ले अर्यान्शलाई ३२ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपाल निरन्तर खेलमा बिन रह्यो । सुवासले युएईका प्रमुख ब्याटर तथा कप्तान आयन खानको विकेट लिएका थिए ।
आयन देव खनालबाट मिडअनमा उत्कृष्ट क्याच आउटको शिकार बनेका थिए । एक समय ६७–० को भएको युएईलाई ७२–३ को अवस्थामा पुर्याउन सुवासले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।
३. हेमन्त धामी

सुरुवाती तीन विकेटपछि युएईले पुन खेलमा राम्रो पूनरागमन गरेको थियो । युएईका मध्यक्रमका ब्याटर इथान कार्ल डी सोल्जाले नेपालको स्पिनको डटेर समना गरेका थिए । उनले ६६ बलमा ८ चौकासहित ५० रनको योगदान दिए । इथानले सहज जित दिलाउने संकेत देखाएका थिए ।
युएईलाई जितको लागि ४८ बलमा ४० रन चाहिँदा हातमा ६ विकेट थियो । क्रिजमा टिकेर खेलेका इथान थिए । उनले सबै नेपाली बलर खेलि सकेका थिए । उनी टिकेको खण्डमा युएईले सहजै जित हात पार्न सक्थ्यो ।
तर तीव्र गतिका बलर हेमन्त धामीले ४३ औं ओभरको दोस्रो बलमा उनलाई बोल्ड आउट गर्दै पेभेलिएन फर्काए । त्यो विकेट नै नेपालको एउटा जितको आधार बनेको थियो ।
तल्लोक्रमका हर्ष देशाईलाई हेमन्तले ७ रनमा क्याच आउट गराएका थिए । हेमन्तले ३४ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । नेपालको जितमा नायक बने ।
२. देव खनाल

कप्तान देव खनालले उत्कृष्ट कप्तानी प्रदर्शन गरे । उनको कप्तानी प्रदर्शनमा नेपाल च्याम्पियन बन्न सफल भयो । एक समय १९-३ को अवस्थामा पुगेको नेपाललाई खेलमा फर्काउन देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित ५१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
आफ्नो क्रिकेट करिअरको उत्कृष्ट इनिङ खेल्नेक्रममा देवले उत्तम थापामगरसँग ८४ रनको साझेदारी गरेका थिए । देवले आयन खान र हरितको उत्कृष्ट क्याच लिएका थिए । देवको कप्तानी पनि त्यतिनै राम्रो रह्यो । ४८ औं ओभरमा दीपेश कँडेललाई बलिङ दिने निर्णय सहि सावित गर्दै च्याम्पियन बनाए ।
१. दीपेश कँडेल

नेपालको जितको हिरो दीपेश कँडेल हुन् । जसले हारेको र सबैले आशा मारेको खेल जिताउन सफल । नेपालको जितको प्रमुख प्वाइन्ट दीपेशको अविश्वसनीय ह्याट्रिक थियो । नेपालको जित हातबाट लगभग निस्कि सकेको थियो । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । नेपालले स्पिनर दीपेश कँडेलले पहिलो बल महरुफलाई एक र दोस्रो बल हर्षितलाई डट राखे ।
तेस्रो बलमा दुई रन बटुले । त्यो समय १५ बलमा ८ रन चाहिँएको थियो । चौथो बलमा दीपेशले हर्षितलाई ४ रनमा बोल्ड आउट गर्दै आशा बढाए । पाँचौं बलमा हरितलाई देव खनालबाट क्याच गराएपछि नेपाल जित नजिक पुगेको थियो ।
अन्तिम बलमा दीपेशले मोनिसलाई बोल्ड गर्दै अविश्सनीय जित दिलाए । नेपाललाई जिताउन नायक बनेका दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए । अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ३३ बलमा महत्वपूर्ण १५ रन जोडेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]