default_image

3 years ago

March 3, 2023

भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

388 views

0 Bookmark

एजेन्सी – स्पिनर नाथन लायनको घातक बलिङसँगै अष्ट्रेलियाले तेस्रो टेस्ट खेलका घरेलु टोली भारतलाई ९ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्थान बनाएको छ । योसँगै चार टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले पछि परेको छ ।

जितको लागि ७६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रर्विस हेड ५३ बलमा ६ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहे । मार्नस लाबुसेन ५८ बलमा ६ चौकासहित २८ रनमा अविजित रहँदा उस्मान खवाजा शून्यमा आउट भए ।

भारत दोस्रो इनिङमा १ सय ६३ रनमा अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछि परेको थियो । भारतका चेतेश्वर पुजाराले १ सय ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

रोहित शर्मा १२, शुभमन गिल ५, विराट कोहली १३ र श्रेयस ऐर २६ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर नाथन लायनले सर्वाधिक ८ विकेट लिए । मिचेल स्टार्क र म्याथ्यु कुह्नेमानले एक एक विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा १ सय ९७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका उस्मान खवाजाले १ सय ४७ बलमा ४ चौकासहित सर्वाधिक ६० रन बनाए । मार्नस लाबुसेन ३१, स्टिभ स्मिथ २६, पिटर ह्यान्डकम्ब १६ र क्यामरन ग्रीनले २१ रन बनाए । भारतका रविन्द्र जडेजाले सर्वाधिक चार विकेट लिए । उमेश यादव र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १ सय ९ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले २२ र शुभमन गिलले २१ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका स्पिनर म्याथ्यु कुह्नेमानले सर्वाधिक पाँच र नाथन लायनले तीन विकेट लिए । नाथन लायन प्लेयर अफ द म्याच चुनिए । अष्ट्रेलिया १८ खेलमा जित १२ र ३ मा हारसहित ६८.५२ जित प्रतिशतका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

भारत १७ खेलमा १० मा जित र ५ मा हारसहित ६०.२९ विजयी प्रतिशत अंक छ । यदि भारत अन्तिम खेलमा विजयी भएमा आगमी जुन पहिलो साता इंग्ल्यान्डमा हुने विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्न पाउँछ ।

भारत पराजित भएको खण्डमा भने श्रीलंका फाइनलमा पुग्ने उच्च सम्भावना छ । यदि भारत अन्तिम खेलमा पराजित वा बराबरीमा रोकिएमा श्रीलंकाले दक्षिण अप्रिकासँगको दुई टेस्ट खेलको सिरिज जिते अष्ट्रेलियासँगको भेट पक्का गर्नेछ । श्रीलंका ५ मा जित र ४ मा हारसहित ५३.३३ विजयी प्रतिशतको साथ तेस्रो स्थानमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.