2 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका दुई प्रमुख ब्याटर टोनी उरा र कप्तान असाद भालाको विकेटसँगै नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा खेलमा फर्किएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले २५ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनाएको छ । ओपनर किप्लिङ डोरिगाले ४३ बलमा ३ चौकासहित २६ रन बनाउँदै एलबीडब्लू आउट भए । लेग स्पिनर सन्दीप लामिछानेको बलमा उनी एलीबडब्लू आउट हुन पुगेका थिए ।
पहिलो पावर प्लेमा विकेटविहीन बनेको नेपाललाई सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिँदै पहिलो सफलता दिलाएका थिए । कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा आउट भए ।
विकेटकिपर आसिफ शेखले उनलाई रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । यस सिरिजमा राम्रो लयमा रहेका बाउले नेपालविरुद्ध पहिलो खेलमा ३१ र युएईलाई हराउन ७४ रनको इनिङ खेलेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा ३९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिएका थिए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । हिरि हिरि ३ र गौडी टोका ५ रनमा क्रिजमा छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भीम सार्कीलाई मौका दिएको छ ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ ।
नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]