default_image

3 years ago

March 3, 2023

नेपालको बलिङ सामु पपुवा न्युगिनीको मध्यम ब्याटिङ

253 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । पपुवा न्युगिनीले नेपालविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर त्यो सुरुवातलाई धेरै समय निरन्तरता दिन सकेन ।

ओपनर टोनी उरा र किप्लिङ डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सन्दीप लामिछानेले ओपनर किप्लिङ डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट गरे । पावर प्लेपछि आएका सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिन पुगेका थिए ।

बायाँ हाते स्पिनर कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा रन आउट भए । राम्रो लयमा देखिएका बाउ विकेटकिपर आसिफ शेखबाट रन आउट भएका थिए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा कट एण्ड बोल्ड आउट हुन पुगे ।

उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । उरा आउट हुँदा पिएनजी ८७-३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । भालाको विकेटपछि नेपाल खेलमा हाबी बन्यो ।

दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाए । त्यसअघि चाद सोफर ९ रनमा रन आउट भए । दीपेन्द्रको बलमा ठूलो सट खेलेका हिरि हिरि डिपमिडविकेटमा ज्ञानेन्द्र मल्लबाट ३१ रनमा क्याच आउट भए । हिरिले ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले नर्मन भानुवालाई १५ रनमा बोल्ड गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.