default_image

3 years ago

March 3, 2023

रोयको सानदार शतकमा बंगलादेशलाई विशाल लक्ष्य

218 views

0 Bookmark

एजेन्सी – ओपनर जेसन रोयको सानदार शतकमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएकोछ ।

शेरे बंगला नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २६ रन बनायो । इंग्ल्यान्डका ओपनर जेसन रोयले १ सय २४ बलमा १८ चौका र १ छक्कासहित १ सय ३२ रनको सानदार शतकीय इनिङ खेले ।

रोय स्पिनर सकिब अल हसनको बलमा एलबीडब्लू आउट भएका थिए । चौथो विकेटका लागि जस बटलर र जेसन रोयले १ सय ९ रनको शतकीय साझेदारी गरे । कप्तान बटलर ६४ बलमा ५ चौका र २ छक्कासहित ७६ रनमा आउट भए । विल ज्याक्स १, जेम्स भिन्स ५, डेविड मलान ११ र फिलिप साल्ट ७ रनमा आउट भए ।

तल्लोक्रमका ब्याटर मोइन अलीले ३५ बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए । साम करन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।

बंगलादेशका मेहिदी हसन मिराजले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । तस्किन अहमदले १० ओभरमा रन खर्चेर ३ विकेट लिए । सकिब हल हसन र ताइजुल इस्लामले एक एक विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.