3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – विकेटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनमा अविजित रहे । स्पिनर सन्दीप लामिछाने ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे ।
एक समय १०५-७ को अवस्थामा पुगेको नेपाललाई जिताउन आसिफ र सन्दीपले ७७ रनको अविजित साझेदारी गरेका थिए । ओडिआईमा यो नेपालबाट आठौं विकेटका लागि बनेको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि उच्च साझेदारी अघिल्लो साता सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध ५५ रनको गरेका थिए ।

पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए ।
युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे । १८ औं ओभरको पहिलो बलमा असाद भालाले गरेको बलमा कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा पेभेलिएन फर्के ।

पाँचौं बलमा भालाले आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल ५३–५ को दयनीय अवस्थामा पुगेको थियो । दीपेन्द्रसिंह ऐरी सेसे बाउको बलमा ८ रनमा एलबीडब्लू आउट भए । सातौं विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ३१ रनको साभेदारी गरेका थिए । कुशल मल्ल २६ बलमा २ चौकासहित २३ रनमा बाउको बलमा कट एण्ड बोल्ड आउट भए ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए। सेमो कमियाले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । सेसे बाउको नाममा दुई विकेट रह्यो ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । पपुवा न्युगिनीले नेपालविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर त्यो सुरुवातलाई सदुपयोग गर्न भने सकेन ।

ओपनर टोनी उरा र किप्लिङ डोरिगाले पहिलो विकेटका लागि १०.३ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सन्दीप लामिछानेले ओपनर किप्लिङ डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । पावर प्लेपछि आएका सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिएका थिए ।
बायाँ हाते स्पिनर कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा रन आउट हुन पुगेका थिए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए ।
उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । उरा आउट हुँदा पिएनजी ८७-३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । भालाको विकेटपछि नेपाल खेलमा हाबी बन्यो ।

दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाएका थिए । त्यसअघि चाद सोफर ९ रनमा रन आउट भए । दीपेन्द्रको बलमा ठूलो सट खेलेका हिरि हिरि डिप मिडविकेटमा ज्ञानेन्द्र मल्लबाट ३१ रनमा क्याच आउट भए । हिरिले ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले नर्मन भानुवालाई १५ रनमा बोल्ड गरेका थिए ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा एक एक विकेट रह्यो ।

योसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन अव ५ मध्य तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अव सोमबार युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]