default_image

3 years ago

March 3, 2023

आसिफ बने प्लेयर अफ द म्याच

393 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । एक समय १०५-७ को दयनीय अवस्थामा पुगेको नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आसिफ खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

आसिफको उत्कृष्ट प्रदर्शनमा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफले १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनको परिपक्क इनिङ खेलेका थिए । आसिफको यो ओडिआई करिअरको सातौं अर्धशतक हो।

आसिफको ओडिआई करिअरको तेस्रो उच्च प्रदर्शन हो । आसिफको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा ओमानविरुद्ध ९० रन थियो । गत नोभेम्बरमा टियु मैदानमा युएईविरुद्ध ८८ रनमा अविजित इनिङ खेलेका थिए ।

आसिफ ओडिआईमा पहिलो पटक प्लेयर अफ द म्याच २०२२ जुलाईमा स्कटल्यान्डलाई पहिलो पटक हराउन ७१ रनको इनिङ खेल्दा चुनिएका थिए । समग्रमा ओडिआई करिअरको चौथो प्लेयर अफ द म्याच अवार्ड हो ।

नेपाललाई जिताउन आसिफले सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए । सन्दीपले आफ्नो ओडिआई करिअरको उच्च प्रदर्शन गर्दै ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे।

उनको संयमित उत्कृष्ट इनिङमा नेपालले जितका साथ सोझै ओडिआई मान्यता सम्भावना मजबुत बनाएको छ । नेपालले अव पाँच मध्य तीन खेल जितेको खण्डमा सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । तीन भन्दा कम खेल जितेको खण्डमा भने प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नु पर्ने हुन्छ । त्यस्तै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.