default_image

3 years ago

March 3, 2023

नेपाललाई जिताएपछि यस्तो भन्छन् आसिफ

259 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखले टोलीका सवैजना म्याच विनर रहेको बताएका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई तीन विकेटले हराउन उत्कृष्ट ब्याटिङ गरेपछि आसिफले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो अहिले कस्तो वातावरण छ भने एक अर्काप्रति विश्वास छ । अझै पनि विकेट झरेपनि अन्तिम ४०-४५ ओभर खेलेमा खेल जित्न सकिन्छ भन्ने विश्वास थियो’, जितपछि आसिफले भने ।

‘आसिफले एक तर्फबाट रन जोडेका थिए । अर्को तर्फबाट लगातार विकेट गुमेको थियो । आसिफले ८८ बलमा १ छक्का हान्दै ओडिआई करिअरको सातौं अर्धशतक पूरा गरेका थिए । आफू टिकेमा खेल जिताउन सक्ने विश्वास रहेको बताउँछन् ।

‘पक्कैपनि एक एण्डबाट विकेट गएपछि दबाब भई हाल्छ । जति वेला विकेट गुमेको थियो । त्यो सबै राम्रो बलमा भएको थियो । त्यसले गर्दा मलाई विश्वास पनि थियो । म अन्तिम सम्म खेलेपनि अहिले जति बल डट भएपनि पछि कभर गर्न सक्छु भनेर’, उनले भने ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफले १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनको परिपक्क इनिङ खेलेका थिए । आसिफको यो ओडिआई करिअरको सातौं अर्धशतक थियो ।

‘यस्तो इनिङ खेलेपछि ड्रेसिङ रुम र आफ्नो कन्फिडेन्स एकदमै धेरै बढ्छ । अहिले हाम्रो टिममा सबैजना म्याच विनर छ । सुरुवात पायो भने खेल जिताउँछ । त्यस्तो खालको खेलाडी छ । त्यसले गर्दा ड्रेसिङ रुपमको कन्फिडेन्स पनि एकदमै बढेको छ’, आसिफले भने ।

सन्दीप ब्याटिङमा आउँदा नेपाल १०५-७ को अवस्थामा थियो । त्यो अवस्थाबाट आसिफ र सन्दीपले ७७ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । समय समयमा सन्दीप र आसिफले कुराकानी गरि राखेका थिए । सन्दीपले विजयी चौका प्रहार गर्दै खेल सकाए । सन्दीप ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित थिए । त्यो समयमा कुराकानी महत्वपूर्ण हुने आसिफ बताउँछन् ।

‘त्यो कुराकानी एकदमै महत्वपूर्ण हुन्छ । अझ यस्तो अवस्थामा । जहाँ लगातार विकेट गई राखेको छ । दबाबमा छ । मैले स्यान्डी(सन्दीप)लाई एक इन्डबाट होल्ड गरेर बस्न भनेको थिए । अर्को एण्डबाट म रन बनाउछु भनेको थिए । सकेसम्म होल्ड गरेर नै बस । मैले नभने सम्म सट नखेल भनेको थिए । सन्दीपले पनि एकदमै महत्वपूर्ण भूमिका खेल्यो, उनले सन्दीपसँगको साझेदारी बारे भने ।

‘अहिले हेर्दा पहिला भन्दा ब्याटिङ एकदमै सुधार भएको छ । अहिले जसले पनि सुरुवात पाएको छ त्यसलाई योगदान दिएको छ । सकेसम्म म्याच विनिङ इनिङनै बनाएको छ । ब्याटिङको कुरा गर्दा हामीले बलरहरुको योगदान भुल्नु हुँदैन । यस्तो राम्रो विकेटमा कम योगफलमा समेट्नु भनेको एकदमै राम्रो हो । त्यो पनि बिर्सनु हुँदैन’, आसिफले बलरको प्रंसशा गर्दै भने ।

बिहीबार सिनियर टोलीले युएईसँग ६८ रनले पराजित भयो । तर उता यू-१९ टोलीले युएईलाई हराउँदै विश्वकपमा स्थान बनायो । ‘हामीले हिजो खेल हारेका थियौं । तैपनि उनीहरुले विश्वकपमा छनोट भएको सुनेर मननै खुसी भयो । धेरैपछि नेपालले विश्वकप खेल्न पाउँछ र राम्रो एक्सपोजर पाउँछ । त्यो सुनेर हारेर पनि धेरै खुसी भयौं’, उनले भने ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.