3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले अव आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेल्न बाँकी पाँच मध्य तीन खेल जिते सोझै ओडिआई मान्यता बच्ने भएकोछ । नेपालले शक्रबार पपुवा न्युगिनीलाई तीन विकेटले हराएपछि उक्त समिकरण बनेको हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्न अव तीन खेल जित्नुपर्ने हुन्छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपालले तीन खेल जित्दा ३६ अंक हुनेछ । ३६ अंक शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ ।
आइसिसीको नियम अनुसार शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाललाई सोझै विश्वकप छनोट खेल्न ४० अंकमा पुग्नुपर्छ । नेपालले बाँकी सबै खेल जितेको खण्डमा नामिबियालाई पछि पार्दै जिम्बावेमा हुने विश्वकप छनोट सिधैं खेल्न पाउनेछ।
नेपालले सोमबार युएईसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र युएईबीच टियु मैदानमा लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपालले ९ मार्चमा पपुवा न्युगिनी, १२ मार्चमा युएई, १३ मार्चमा पपुवा न्युगिनी र १६ मार्चमा युएईसँग खेल्नेछ । नेपालले अव युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्नेछ । जसमा ओडिआई मान्यता जोगाउन तीन र सोझै विश्वकप छनोट खेल्न सबै खेल जित्नुपर्ने हुन्छ ।

यस्तो छ ओडिआई र विश्वकप छनोट खेल्ने नियम
आइसिसी विश्वकप लिग-२ का शीर्ष तीन टोली सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्नेछन् । च्याम्पियन स्कटल्यान्डसँगै ओमानले सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् । अब नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् ।
बाँकी चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । आइसिसीका अनुसार अब लिग-२ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । नेदरल्यान्ड्सले यस पटक भने १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।
लिग २ का शीर्ष पाँच र नेदरल्यान्ड्सले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ का छैटौं र सातौं स्थानमा रहने टोलीको ओडिआई मान्यता भने गुम्नेछ । ती दुई टोलीलाई ओडिआई मान्यता पुनः प्राप्त गर्ने क्वालिफयर प्लेअफ अन्तिम मौका हुनेछ ।
नामिबियामा हुने क्वालिफायर प्लेमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज ए र बी का विजेता क्यानडा र जर्सी हुनेछन् । क्वालिफायरमा यी ६ टोली प्रतिस्पर्धा गर्दा दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ मा चौथो र पाँचौं स्थानमा रहने टोलीले पहिल्यै ओडिआई मान्यता पाएका हुन्छन् ।
क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न सके दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । क्वालिफायर प्ले अफमा पनि शीर्ष चारमा पर्न नसके आगमी चार वर्षको लागि नेपालको ओडिआई मान्यता भने गुम्नेछ ।

अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]