default_image

3 years ago

March 4, 2023

राजाले लिए सन्न्यास

360 views

0 Bookmark

एजेन्सी – युएईका पूर्व कप्तान अहमेद राजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । १७ वर्षको करिअरबाट बिदा लिएको राजाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

३४ वर्षीय बायाँ हाते स्पिनर राजाले २००६ देखि युएईबाट खेल्न सुरु गरेका थिए । उनले २०१४ देखि २०२२ सम्म ५६ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा ३२ खेल जिताएका थिए । गतवर्ष टि२० विश्वकप छनोट ए मा नेपाललाई सेमिफाइनलमा हराउँदै युएईलाई विश्वकपमा पुर्याउन राजाले पाँच विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

युएईले उक्त विश्वकप छनोटमा आयरल्यान्डलाई हराउँदै उपाधि जितेको थियो । तर त्यसपछि भने युएईले उनलाई कप्तानबाट हटाएको थियो । अष्ट्रेलियामा सम्पन्न टि२० विश्वकप अघि उनलाई युएईले कप्तानबाट हटाउँदै सिपी रिजवानलाई नियुक्त गरेको थियो । राजाले ५३ ओडिआई खेलमा ६४ विकेट लिनुको साथै ४ सय ९ रन बनाएका छन् । ५५ टि२० आई खेलमा ३७ विकेट लिएका थिए ।

उनले युएईको लागि २००६ मा भारत ए विरुद्ध लिष्ट ए खेलमा डेब्यू गरेका थिए । राजाले अन्तिम खेल नेपालविरुद्ध २०२२ को नोभेम्बरमा टियु मैदानमा खेलेका थिए । उनी युएईबाट सर्वाधिक ओडिआई र टि२० आई खेलमा कप्तानी गर्ने खेलाडी हुन् ।

राजाले २९ ओडिआई खेलमा १४ मा जित र १४ मा हार व्येहोरेका थिए । उनले टि२० आई खेलमा २७ खेलमा कप्तानी गर्दा १८ मा जित र ९ मा हार व्येहोरेको थियो ।

*यसअघि २९ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.