default_image

3 years ago

March 5, 2023

नेपालले ओडिआई मान्यता जोगाउन कम्तिमा एक खेलमा युएईलाई हराउनु पर्ने

309 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा अव ओडिआई मान्यता सोझै जोगाउन युएईलाई कम्तिमा एक खेलमा हराउनु पर्ने भएको छ । नेपालले ओडिआई मान्यता सोझै प्राप्त गर्न युएईसँग बाँकी तीन मध्य एक खेल जित्नुपर्ने समिकरण बनेको हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्न अव तीन खेल जित्नुपर्ने हुन्छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । तीन खेल जितेपछि नेपालले अमेरिकालाई पछि पार्दै शीर्ष पाँचमा पर्ने पक्का हुनेछ।

नेपालले अव युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ । युएईसँग नेपालले सोमबार खेल्नेछ । त्यसपछि बाँकी समान दुई खेल भने नेपालले घरेलु मैदान टियुमा खेल्नेछ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले युएईलाई तीन मध्य एक खेल जित्नै पर्ने हुन्छ । तीनै खेलमा पराजित हुँदा र पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा भने नेपाल ३४ अंकमा रोकिनेछ । जुन शीर्ष पाँचमा पर्न भने पर्याप्त हुनेछैन ।

नेपालले बाँकी सबै खेल जितेको खण्डमा ४० अंकका साथ सोझै विश्वकप छनोट खेल्नेछ । नेपालले सबै खेल जित्दा ३९ अंकका साथ तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्नेछ । तर नेपालले अव एक खेल हारेको खण्डमा शीर्ष तीनमा नपर्ने पक्का हुनेछ । एक खेल हार्दा र बाँकी सबै खेल जित्दा ३८ अंक हुनेछ । नामिबियाको ३९ अंक पहिला नै हुँदा शीर्ष तीनमा पर्न सक्दैन ।

यता युएई नेपालसँगै तीनै खेल हार्दा पनि शीर्ष पाँचको सम्भावना रहन्छ । युएईले नेपाल र पपुवा न्युगिनीसँग समान तीन तीन खेल खेल्न बाँकी छ । पपुवा न्युगिनीलाई तीनै खेलमा हराउँदा युएई ३७ अंकमा पुग्नेछ ।

युएईलाई शीर्ष तीनमा पर्न ६ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । युएईको ३० खेलमा ३१ अंक छ । स्कटल्यान्ड च्याम्पियन र ओमान दोस्रो स्थानमा हुँदै सोझै विश्वकप छनोटमा पुगेका छन् । अव नेपाल, युएई र नामिबिया मध्य एक टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् ।

बाँकी चार टोलीले नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नेछन् । अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्ने पक्का भएको छ । प्लेअफ क्वालिफायरबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउँछन् । शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

नेपालले सोमबार युएईसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र युएईबीच टियु मैदानमा लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपालले ९ मार्चमा पपुवा न्युगिनी, १२ मार्चमा युएई, १३ मार्चमा पपुवा न्युगिनी र १६ मार्चमा युएईसँग खेल्नेछ ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.