3 years ago
March 5, 2023
एजेन्सी – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिता खेल्न नेपाल आउन लागेको बहराइन २६ रनमा अल आउट भएको छ । एसिसी च्यालेन्जर कपको फाइनलमा खेलमा बहराइन साउदी अरेवियासँग २१.१ ओभरमा २६ रनमा अल आउट भयो ।

बहराइनका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका अब्दुल मजिदले ४२ बलमा १ चौकासहित सर्वाधिक ७ रन बनाए । साउदीका अतिफ उर रहमानले ८ ओभरमा ३ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । इस्तियाक अहमदले ८ ओभरमा ३ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए ।
जितको लागि २७ रनको विजयी लक्ष्य पछ्याएको ४.१ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्दै च्याम्पियन बनेको छ । साउदीका अकार उल हसनले १६ र अब्दुल अहेदले ६ रन बनाए ।
साउदी र बहराइन एसिसी च्यालेन्जर कप २०२३ बाट नेपालमा हुने एसिसी प्रिमियर कपमा छनोट भएका छन् । एसिसी प्रिमियर कप आगमी अप्रिल २५ देखि मे ८ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगिता समूह ए मा नेपाल, कुवेत, युएई, साउदी र कतार छन् । समूह बी मा ओमान, हङकङ, सिंगापुर, मलेसिया र बहराइन छन् । प्रतियोगिता शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
तर भारतले पाकिस्तानमा खेल्न नजाने भएपछि एसिया कप त्यहाँबाट युएई सर्ने सम्भावना छ । प्रिमियर कपको विजेताले समूह ए मा हुने भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]