3 years ago
March 5, 2023
दुबई (हाम्रो खेलकुद) – घरेलु टोली युएई आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध संकटमा पुगेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले २२.१ ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको छ ।

युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो । आसिफ आउट हुँदा युएई २७-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए ।
आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।
राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यसअघिको बलमा वृत्यले डिपमिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए । गलत सट खेल्दै वृत्य पेभलिएन फर्के । त्यसपछि युएईले लगातार विकेट गुमायो ।
स्पिनर चाल्र्स अमिनीको बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे ।
आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको हो । आयन खान शून्यमा बोल्ड भएपछि युएई ८२-७ को दयनीय अवस्थामा पुगेको हो ।
अरविन्द आउट हुनुअघि युएई १८.३ ओभरमा ७६-२ को अवस्थामा थियो । तर बाँकी पाँच विकेट युएईले ६ रनमा गुमाएपछि संकटमा पुगेको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]