default_image

2 years ago

March 5, 2023

युएई अविश्वसनीय रुपमा ९७ रनमा अल आउट

206 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – घरेलु टोली युएईले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा अविश्वसनीय ब्याटिङ गर्दै पपुवा न्युगिनीलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६.२ ओभरमा ९७ रनमा अल आउट भयो ।

युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७६–२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि ९७ रनमा अल आउट भएको हो । युएईले २१ रन जोड्न आफ्ना ८ विकेट गुमाएको थियो ।

युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो । आसिफ आउट हुँदा युएई २७-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए । आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।

राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा १९ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यसअघिको बलमा वृत्यले डिप मिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए ।

गलत सट खेल्दै वृत्य पेभलिएन फर्के । त्यसपछि युएईको विकेट पतन नाटकीय रुपमा भयो । स्पिनर चाल्र्स अमिनीको २० औं ओभरको तेस्रो बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे । आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको थियो ।

कार्तिक मयाप्पन ७, जहुर खान ९, जुनैद सिद्दिक शून्यमा आउट भए । कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ पुन युएईलाई घातक बन्यो । मध्य गतिका बलर राइली हेकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर पाँच विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 14, 2025

मधेशलाई टिबी शाह यु १६ क्रिकेट उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको‌ कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले‌ १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]

Success

Thank you for your time.