default_image

3 years ago

March 5, 2023

युएई फेरि पपुवा न्युगिनीसँग पराजित

344 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – घरेलु टोली युएई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा फेरि पपुवा न्युगिनीसँग पाँच विकेटले पराजित भएको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पिएनजीको जितमा ओपनर टोनी उरा ६३ बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे । चाद सोफर १८ बलमा ८ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगा तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा एज लागेर आसिफ खानबाट २ रनमा क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि सेसे बाउ र टोनी उराले ४४ रनको साझेदारी गरेका थिए । स्पिनर रोहन मुस्तफाले १२ औं ओभरमा दुई विकेट लिएका थिए ।

पहिलो बलमा सेसे बाउ ३३ बल खेल्दै १ चौकासहित १८ रनमा एलबीडब्लू आउट भए । एक बलपछि कप्तान असाद भाला शून्यमा बोल्ड भए ।

स्पिनर आयन खान अफ्जलले १७ औं ओभरको तेस्रो बलमा चाल्र्स अमिनीलाई ८ रनमा बोल्ड गर्दै १६.३ ओभरमा ६५-४ को अवस्थामा पुर्याए । हिरि हिरि २३ बलमा २ चौकासहित १४ रनमा आउट भए । युएईका रोहन मुस्तफाले दुई, आयन खान, जुनैद सिद्दिक र जहुर खानले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६.२ ओभरमा ९७ रनमा अल आउट भएको थियो । युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७६–२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि ९७ रनमा अल आउट भएको हो । युएईले २१ रन जोड्न आफ्ना ८ विकेट गुमाएको थियो । युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो ।

आसिफ आउट हुँदा युएई २७-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए । आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।

राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा १९ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यस अघिको बलमा वृत्यले डिप मिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए ।

गलत सट खेल्दै वृत्य पेभलिएन फर्के । त्यसपछि युएईको विकेट पतन नाटकीय रुपमा भयो । स्पिनर चाल्र्स अमिनीको २० औं ओभरको तेस्रो बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे । आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको थियो ।

कार्तिक मयाप्पन ७, जहुर खान ९, जुनैद सिद्दिक शून्यमा आउट भए । कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ पुन युएईलाई घातक बन्यो । पपुवा न्युगिनीको जितमा मध्य गतिका बलर राइली हेकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर पाँच विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । युएईले शीर्ष तीनमा पर्न अव सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्न तीन खेल जित आवश्यक छ । सोमबार युएईले नेपालसँग खेल्नेछ ।

पपुवा न्युगिनीले पहिलो खेलमा यस सिजमा युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो । पपुवा न्युगिनी शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । पपुवा न्युगिनीको लिग २ मा यो चौथो जित हो ।

चार जित मध्य तीन युएईविरुद्ध छ । पपुवा न्युगिनीले अव नेपाल र युएईसँग अन्तिम सिरिज टियु मैदानमा खेल्नेछ । उक्त सिरिज ९ मार्चदेखि सुरु हुनेछ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

November 18, 2025

विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]

November 18, 2025

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]

Success

Thank you for your time.