default_image

3 years ago

March 5, 2023

बेंगलोरमाथि दिल्लीको सानदार जित

231 views

0 Bookmark

एजेन्सी – पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) टि२० प्रतियोगितामा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ।

जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । बेंगलोरकी हेथर नाइटले २१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाइन् ।

कप्तान स्मृति मन्धना २३ बलमा ५ चौका र १ छक्कासहित ३५ र ऐलिसा पेरी १९ बलमा ५ चौकासहित ३१ रनमा आउट भइन् । मेगन स्कट १९ बलमा ५ चौकासहित ३० रनमा अविजित रहिन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दिल्लीकी तारा नोरिसले ४ ओभरमा २९ रन खर्चेर पाँच विकेट लिइन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । दिल्लीको जितमा ओपनर शफाली बर्माले ४५ बलमा १० चौका र ४ छक्कासहित ८४ रनको विष्फोटक इनिङ खेलिन् । मेग ल्यानिङले ४३ बलमा १० चौकासहित ७२ रनको इनिङ खेलिन् ।

दिल्लीलाई विशाल योगफलमा पुर्याउन ओपनर शफाली बर्मा र मेग ल्यानिङले पहिलो विकेटका लागि १४.३ ओभरमा १ सय ६२ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

मरिजान कैप्प १७ बलमा ३ चौका र ३ छक्कासहित ३९ र जेमिमाह रोड्रिग्स २२ रनमा अविजित रहिन् । बेंगलोरको दुवै विकेट हेथर नाइटले लिएकी थिइन् । पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई हराएको थियो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.