3 years ago
March 5, 2023
एजेन्सी – पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) टि२० प्रतियोगितामा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ।

जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । बेंगलोरकी हेथर नाइटले २१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाइन् ।
कप्तान स्मृति मन्धना २३ बलमा ५ चौका र १ छक्कासहित ३५ र ऐलिसा पेरी १९ बलमा ५ चौकासहित ३१ रनमा आउट भइन् । मेगन स्कट १९ बलमा ५ चौकासहित ३० रनमा अविजित रहिन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दिल्लीकी तारा नोरिसले ४ ओभरमा २९ रन खर्चेर पाँच विकेट लिइन् ।
त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । दिल्लीको जितमा ओपनर शफाली बर्माले ४५ बलमा १० चौका र ४ छक्कासहित ८४ रनको विष्फोटक इनिङ खेलिन् । मेग ल्यानिङले ४३ बलमा १० चौकासहित ७२ रनको इनिङ खेलिन् ।
दिल्लीलाई विशाल योगफलमा पुर्याउन ओपनर शफाली बर्मा र मेग ल्यानिङले पहिलो विकेटका लागि १४.३ ओभरमा १ सय ६२ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।
मरिजान कैप्प १७ बलमा ३ चौका र ३ छक्कासहित ३९ र जेमिमाह रोड्रिग्स २२ रनमा अविजित रहिन् । बेंगलोरको दुवै विकेट हेथर नाइटले लिएकी थिइन् । पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई हराएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]