3 years ago
March 5, 2023
दुबई (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग २ सिरिजमा पपुवा न्युगिनी सवैभन्दा पुछारमा छ । सवैभन्दा कमजोर मानिएको पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग २ मा ३२ खेलमा चार खेलमा मात्रै जित हात पारेको छ।

पपुवा न्युगिनीको चार जित मध्य तीन युएईविरुद्ध छन् । तीनै खेल पपुवा न्युगिनीले युएईलाई उसकै घरेलु मैदानमा हराएको छ । पपुवा न्युगिनीले आइतबार घरेलु टोली युएईलाई पाँच विकेटले पुन स्तब्ध पार्यो । पपुवा न्युगिनीले आफ्नो पहिलो जित १४ खेल पछि हात पारेको थियो ।
२०२२ मार्च १९ मा पपुवा न्युगिनीले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएईलाई ६ विकेटले हराउँदै लिग २ मा जितको खडेरी तोडेको थियो । उक्त खेलमा रोहन मुस्तफाले ८८ रन बनाएपछि युएई १ सय ४७ रनमा अल आउट भएको थियो । उक्त लक्ष्य कप्तान असद भालाको ६८ रनको इनिङमा ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । खेलको प्लेयर अफ द म्याच चार विकेट लिएका एलि नाओ चुनिएका थिए ।
त्यसपछि पपुवा न्युगिनीले पाँच खेल लगातार हारेको थियो । घरेलु मैदानमा अमेरिकासँगको खेल टाई भएको थियो । अर्को खेलमा अमेरिकालाई २६ रनले पराजित गरेको थियो । त्यसपछि पपुवा न्युगिनी लगातार सात खेलमा पराजित भएको थियो । गत सोमबार पुन युएई पपुवा न्युगिनीसँग स्तब्ध बन्यो ।

घरेलु टोली युएईले दुबई इन्टरनेशल मैदानमा पपुवा न्युगिनीसँग १ सय ३१ रनको फराकिलो हार बेहोर्यो । चाद सोफरले पाँच विकेट लिएपछि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ३१ रनमै अल आउट भएको थियो ।
आइतबार पपुवा न्युगिनीसँग युएई मात्रै ९७ रनमा अल आउट भयो । एक समय ७६-२ को अवस्थामा रहेपनि युएई २१ रन जोड्न ८ विकेट गुमाउँदै ९७ रनमा अल आउट भयो । पपुवा न्युगिनीका राइली हेकुरेले सर्वाधिक पाँच विकेट लिए ।
पपुवा न्युगिनी कप्तान असद भालाको प्रदर्शनमा बढी निर्भर छ । भालाले सानदार अलराउन्ड प्रदर्शन गर्दै आएपनि जित दिलाउन संघर्ष गर्दै आएका छन् । पपुवा न्युगिनी नेपालसँग चारै खेलमा लिग २ मा पराजित भएको छ । गत वर्ष दुई खेलको ओडिआई सिरिजमा भने पपुवा न्युगिनीले टियु मैदानमा नेपाललाई २-० ले हराएको थियो ।
यता लिग-२ मा युएईले चार मध्य तीन खेलमा पपुवा न्युगिनीसँग हारेको छ । नेपालले पपुवा न्युगिनीलाई चारै खेलमा पराजित गरेको छ । तर नेपालले लिग २ का तीनै खेलमा युएईलाई हराउन सकेको छैन । पपुवा न्युगिनीले स्कटल्यान्ड, ओमान र नामिबियासँग सबै ६-६ खेलमा पराजित भयो । नेपालसँग पुरै चार खेलमा हार, अमेरिकासँग ४ खेलमा हार, एकमा जित र एकमा टाइ छ । युएईसग चार खेलमा तीनमा जित र एक मा हार छ।

अव पपुवा न्युगिनीले नेपाल र युएईसँग यसै साता टियु मैदानमा अन्तिम दुई दुई खेल खेल्नेछ । समग्रमा हालसम्म पपुवा न्युगिनीले खेलको ३२ खेलमा ४ मा जित र २७ मा हार छ । चार जित युएईविरुद्ध तीन र अमेरिकासँग एक खेल छ । अन्य टोलीसँग हारेपनि असद भालाको कप्तानीमा रहेको पिएनजी युएईलाई भने पारी पर्दै आएको छ ।
पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंकका साथ पुछारमा छन् । पपुवा न्युगिनीले नामिबियामा हुने प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्न सके ओडिआई मान्यता बचाउनेछ । शीर्ष चारमा पर्न नसके भने चार वर्षको लागि पपुवा न्युगिनीको ओडिआई मान्यता गुम्नेछ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]