3 years ago
March 5, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत सोमबार घरेलु टोली युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका कुशल मल्लले युएईविरुद्ध सर्वाधिक ६० रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
बायाँ खुट्टाको ग्रोइन समस्याको कारण कुशलले युएईसँगको खेल गुमाउने छन् । त्यसैले नेपालले टोलीमा एक परिवर्तन गर्ने पक्काछ । युएईविरुद्ध खराब ब्याटिङ गरेको हुँदा नेपालले सन्दीप जोरालाई मैदान उतार्न सक्छ । जोरा तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् ।
कुशल नहुँदा ज्ञानेन्द्र मल्लले ओपनिङ गर्नेछन् । आसिफ र ज्ञानेन्द्रले नेपालको ओपनिङ गर्नेछन् । ज्ञानेन्द्रसँग अनुभव राम्रो छ । ज्ञानेन्द्र सुरुवाती तीन खेलमा ६, ० र ४ रनमा आउट भएका थिए । नेपाल अनुभवी ज्ञानेन्द्रबाट राम्रो सुरुवात चाहन्छ । उनले आफ्नो अनुभवको फाइदा उठाउन सक्नुपर्छ । ज्ञानेन्द्र ओपनिङ गर्दा भीम सार्कीले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् ।

भीमले पपुवा न्युगिनीविरुद्ध ३५ बल खेल्दै ८ रन बनाएका थिए । त्यसपछि चौथो नम्बरमा रोहित पौडेल, पाँचौं नम्बरमा कुशल मल्ल र छैटौं नम्बरमा आरिफ शेख हुनेछन् । रोहित नेपालका ब्याटिङका खम्बा हुन् । कुशल राम्रो लयमा छन् ।
आरिफबाट तल्लोक्रममा नेपाल राम्रो प्रदर्शन चाहन्छ । सातौं र आठौं नम्बरमा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा हुनेछन् । जसले गर्दा नेपालको ब्याटिङमा गहिराई हुनेछन् । सन्दीप र दीपेन्द्रबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ ।
दीपेन्द्रको प्रदर्शन पनि यस सिरिजमा राम्रो छैन । दीपेन्द्र आफैंलाई उत्कृष्ट प्रदर्शनको दबाब हुनेछ । नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी र करण केसी हुनेछन् । तेस्रो तीव्र गतिका बलरमा आरिफ शेख हुनेछन् । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । सन्दीप, सोमपाल र करण तीनै राम्रो ब्याटिङको सम्भावना राख्छन् ।

पपुवा न्युगिनीलाई तीन विकेटले हराउन सन्दीपले ३५ रन जोडेका थिए । आसिफसँग ७७ रनको अविजित साझेदारी गरेका थिए । टोलीमा अन्य परिवर्तनको सम्भावना भने देखिदैन ।
नेपालको सम्भावित प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]