3 years ago
March 6, 2023
एजेन्सी – अलरान्डर सकिब अल हसनको सानदार अलराउन्ड प्रदर्शनमा बंगलादेशले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । बंगलादेशले सुरुवाती दुई खेल गुमाएपनि अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बचेको हो ।

जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.१ ओभरमा १ सय ९६ रनमा अल आउट भयो । इंग्ल्यान्डका जेम्श भिन्सले ४४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । ओपनर जेसन रोय १९, फिलिप साल्ट ३५, डेविड मलान डक, साम करन २३ र जस बटलर २६ रनमा आउट भए । क्रिस वोक्सले ३४ रन बनाए ।
बंगलादेशका सकिब अल हसनले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । इबादोत हुसेन र ताइजुल इस्लामले दुई दुई विकेट लिए ।
त्यसअघि जहुर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४८.५ ओभरमा २ सय ४६ रनमा अल आउट भएको थियो । बंगलादेशका सबिक अल हसनले ७१ बलमा ७ चौकासहित सर्वाधिक ७५ रन बनाए । मुश्फिकुर रहिम ९३ बलमा ६ चौकासहित ७० रनमा आउट भए ।
सकिब र मुश्फिकुरले तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । नाज्मुल हसन सान्टो ७१ बलमा ५ चौकासहित ५३ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
इंग्ल्यान्डका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए । साम करन र आदिल राशिदले दुई दुई विकेट लिए । पहिलो र दोस्रो खेलमा इंग्ल्यान्ड तीन विकेट र १ सय ३२ रनले विजयी हुँदै सिरिज जितेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]