default_image

3 years ago

March 9, 2023

बेंगलोरको लगातार तेस्रो हार

251 views

0 Bookmark

एजेन्सी – वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोर वुमन्स टोलीले लगातार तेस्रो खेलमा पराजित भएको छ । बेंगलोर बुधबार राती गुजरात जोयन्ट्ससँग ११ रनले पराजित हुन पुग्यो।

जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । बेंगलोरकी सोफी डेभिनले ४५ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकिनन् । कप्तान स्मृति मन्धना १८, एलिसा पेरी ३२ र हेथर नाइटले ३० रनको योगदान दिइन् ।

गुजरातकी एलिसा गार्डनरले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । गुजरातकी हर्लिन डेओलले ४५ बलमा ९ चौका र १ छक्कासहित ६७ रनको योगदान दिइन् ।

सोफिया डंकले २८ बलमा ११ चौका र ३ छक्कासहित ६५ रनको आक्रामक इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिन् । बेंगलोरका श्रीयांका पाटिल र हेथर नाइटले दुई दुई विकेट लिइन् । बेंगलोर तीनै खेलमा पराजित हुँदै पुछारमा छ । डब्लूपिएलमा जित विहीन बेंगलोर एकमात्रै टोली हो ।

मुम्बई २ खेलमा ४ मा अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली पनि २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । प्रतियोगितामा पाँच टोलीको सहभागीता छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.