3 years ago
March 9, 2023
एजेन्सी – वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोर वुमन्स टोलीले लगातार तेस्रो खेलमा पराजित भएको छ । बेंगलोर बुधबार राती गुजरात जोयन्ट्ससँग ११ रनले पराजित हुन पुग्यो।

जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनायो । बेंगलोरकी सोफी डेभिनले ४५ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकिनन् । कप्तान स्मृति मन्धना १८, एलिसा पेरी ३२ र हेथर नाइटले ३० रनको योगदान दिइन् ।
गुजरातकी एलिसा गार्डनरले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो । गुजरातकी हर्लिन डेओलले ४५ बलमा ९ चौका र १ छक्कासहित ६७ रनको योगदान दिइन् ।
सोफिया डंकले २८ बलमा ११ चौका र ३ छक्कासहित ६५ रनको आक्रामक इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिन् । बेंगलोरका श्रीयांका पाटिल र हेथर नाइटले दुई दुई विकेट लिइन् । बेंगलोर तीनै खेलमा पराजित हुँदै पुछारमा छ । डब्लूपिएलमा जित विहीन बेंगलोर एकमात्रै टोली हो ।
मुम्बई २ खेलमा ४ मा अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली पनि २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । प्रतियोगितामा पाँच टोलीको सहभागीता छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]