3 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि.सीलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छनै । नेपालले आजको खेलमा प्रतिश जि.सी, गुलशन झा र ललितनारायण राजवंशीलाई बेन्चमा राखेको छ ।
कुशलले युएईसँगको अन्तिम खेल ग्रोइन समस्याको कारण गुमाएका थिए । तर उनी फिट भएपछि प्रशित बाहिर बसेका हुन् । टोलीमा सोमपाल कामी र करण केसी तीव्र गतिका बलर छन् । तेस्रो विकल्पमा आरिफ शेख छन् । टियुको पिचमा तीव्र गतिका बलर भन्दा स्पिनरमा बढी सहयोग मिल्छ । त्यसैले दुई प्रमुख तीव्र गतिका बलर मैदान उतारेको छ ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ । लिग(२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।
नेपालले सबै खेल जितेको खण्डमा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ । नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपालको मनोबल उच्च छ । सोझै ओडिआई मान्यता जोगाउन नेपालले चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ । नेपाल पपुवा न्युगिनीमाथि सानदार जितका साथ ओडिआई मान्यता एक जित टाढा बनाउन चाहन्छ ।
पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ। पिएनजी पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । प्लेअफ अघि राम्रो तयारी चाहन्छ ।
नेपालले दुई साता अघि एसोसियट बलिया टोली स्कटल्यान्ड र नामिबियालाई समान दुवै खेलमा हराएको थियो । युएई भ्रमणमा चार मध्य तीन खेल जितेको थियो । नेपालको मनोबल फेरिएको छ । पछिल्ला ८ मध्य ७ खेल जितेको छ । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । घरेलु कन्डिसमा कुनैपनि टोली अतिरिक्त बलियो हुने गर्दछ ।
नेपालको प्लेइङ-११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]