default_image

3 years ago

March 9, 2023

पिएनजीविरुद्ध आसिफको उत्कृष्ट अर्धशतक

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा कुनै विकेट नगुमाई १ सय २ रन बनाएको छ ।

नेपालका आसिफ शेखले ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । आसिफ ५५ बलमा २ चौका र २ छक्कासहित ५५ रनमा क्रिजमा छन् । अर्का ओपनर कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ४५ रनमा क्रिजमा छन् ।

ओपनर आसिफ शेखले भने सुरुवातमै दुई ठूला जीवनदान पाएका थिए । तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए ।

आसिफले नवौं ओभरको पाँचौं बलमा पुन ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि.सीलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.