3 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले ओडिआई क्रिकेटमा आफ्नो एक हजार रन पूरा गरेका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ९० रन जोड्दै एक हजार रन पूरा गरेका हुन् ।

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । रोहित क्रिजमा खेलि रहँदा ४१ खेलमा १ हजार १ सय ९४ रन बनाई सकेका छन् । आसिफले ३२ औं ओभरको तेस्रो बलमा एक रन बटुल्दै एक हजार रन पूरा गरेका थिए ।
नेपालले ३१.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७० रन बनाएको छ । रोहित पौडेल १५ रनमा खेलेका छन् । आसिफ ९० बलमा १० चौका र २ छक्कासहित ९० रनमा क्रिजमा छन् । आसिफले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए ।
२१ वर्षीय विकेटकिपर आसिफले त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन् । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । कुशल ४५ रनमा आउट भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]