default_image

3 years ago

March 10, 2023

जमानको सानदार शतक, राशिदको घातक बलिङ

185 views

0 Bookmark

एजेन्सी – लाहोर कलन्दर्सका ओपनर फखार जमानले पाकिस्तान सुपर लिग (पिएसएल) मा इस्लामबाद युनाइटेडविरुद्ध सानदार शतक प्रहार गरेका छन् । उनको शतक र राशिद खानको घातक बलिङको सहयोगमा लाहोरले इस्लाबाद युनाइटेडलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

रावलपिंडी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । ओपनर फखार जमानले ५७ बलमा ८ चौका र ८ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले । कमरन घुललम ४१ र साम बिलिंग्स ३२ रनमा आउट भए ।

अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । युनाइटेडका फजलहक फारुकीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । हसन अली र मोहम्मद वासिमले एक एक विकेट लिए ।

जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको युनाइटेड १५.१ ओभरमा १ सय ७ रनमा अल आउट भयो । उसका एलेक्स हेल्स र हसन अलीले १८-१८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लाहोरका राशिद खानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । जमान खान र हरिस रौफले दुई दुई विकेट लिए । लाहोर ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगि सकेको छ । युनाइटेड ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.