default_image

3 years ago

March 10, 2023

युएईविरुद्ध पपुवा न्युगिनीको राम्रो ब्याटिङ सुरुवात

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले १९ ओभरमा १ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ ।

पिएनजीका हिरि हिरि ४७ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा क्रिजमा छन् । उनलाई सेसे बाउले ७ रनमा साथ दिएका छन् । पिएनजीलाई ओपनर किप्लिङ डोरिगा र हिरिले १०.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

डोरिगा आयन खानको बलमा ५५ रनमा एलबीडब्लू आउट भए । डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

पिएनजीले नियमित ओपनर टोनी उराको स्थानमा हिरिलाई मैदान उतारेको थियो । त्यो अवसरलाई हिरिले राम्रो साथ दिएका छन् । यसअघि तल्लोक्रममा खेल्ने हिरिले राम्रो प्रदर्शन गरेका छन् । उराले मध्यक्रममा खेल्नेछन् ।

युएईको ३२ खेलमा ३१ अंक छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी चारै खेलमा विशाल जित हात पार्नुपर्ने हुन्छ । साथै नेटरनरेटमा निर्भर रहनेछ ।

पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । पहिलो खेलमा पिएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यसै साता युएईलाई भने पपुवा न्युगिनीले दुवै खेलमा हराएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.