default_image

3 years ago

March 10, 2023

पारसले गौतम गम्भीरको टोलीविरुद्ध खेल्दै

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज इन्डिया महाराजसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरुहुनेछ।

पारस खड्का सम्मिलित एसिया टोलीको कप्तान पाकिस्तानी शाहिद अफ्रिदीले गर्नेछन् । पारसको टोलीमा अफ्रिदी, शोएब अख्तर, मिस्बाह उल हक, अब्दुल रजाक र तिलकरत्ने दीलशान जस्ता विश्व चर्चित खेलाडी छन् ।

यता इन्डियाको कप्तानी भारतीय पूर्व ब्याटर गौतम गम्भीरले गर्नेछन् । गम्भीरसँगै हरभजन सिंह, मोहम्मद कैफ, युसुफ पठान, इरफान पठान, सुरेश रैना र रोविन उथप्पा जस्ता भारतीय चर्चित खेलाडी छन् ।

पारसले पहिलो पटक लेजेन्ड्स लिग खेल्न लागेका हुन् । प्रतियोगिता फाइनल आगमी २० मार्चमा दोहामा हुनेछ । प्रतियोगितामा तीन टोली हुँदा विश्वभरका स्टार खेलाडीहरुले खेल्नेछन् ।

गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले मौका पाएका थिएनन् । तर यस पटक एसिया लायन्सले उनलाई सम्झौता गरेको हो ।

पारस खड्काले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

पारस नेपालबाट ओडिआई र टि२० आई दुवैमा शतक हान्ने पहिलो खेलाडी हुन् । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् ।

एसिया लायन्सको टोली :

शाहिद अफ्रिदी, अब्दुल रजाक, अब्दुर रजाक, अस्गर अफगान, धिमान घोष, तिलकरत्ने दिलसान, पारस खड्का, मिस्बाह उल हक, मोहम्मद अमिर, मोहम्मद हफिज, थिसिरा परेरा, शोएब अख्तर, सोहिल तनविर, उपुल थरंगा र इसुरु उडाना ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.