3 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज इन्डिया महाराजसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरुहुनेछ।

पारस खड्का सम्मिलित एसिया टोलीको कप्तान पाकिस्तानी शाहिद अफ्रिदीले गर्नेछन् । पारसको टोलीमा अफ्रिदी, शोएब अख्तर, मिस्बाह उल हक, अब्दुल रजाक र तिलकरत्ने दीलशान जस्ता विश्व चर्चित खेलाडी छन् ।
यता इन्डियाको कप्तानी भारतीय पूर्व ब्याटर गौतम गम्भीरले गर्नेछन् । गम्भीरसँगै हरभजन सिंह, मोहम्मद कैफ, युसुफ पठान, इरफान पठान, सुरेश रैना र रोविन उथप्पा जस्ता भारतीय चर्चित खेलाडी छन् ।
पारसले पहिलो पटक लेजेन्ड्स लिग खेल्न लागेका हुन् । प्रतियोगिता फाइनल आगमी २० मार्चमा दोहामा हुनेछ । प्रतियोगितामा तीन टोली हुँदा विश्वभरका स्टार खेलाडीहरुले खेल्नेछन् ।
गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले मौका पाएका थिएनन् । तर यस पटक एसिया लायन्सले उनलाई सम्झौता गरेको हो ।
पारस खड्काले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।
पारस नेपालबाट ओडिआई र टि२० आई दुवैमा शतक हान्ने पहिलो खेलाडी हुन् । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् ।
एसिया लायन्सको टोली :
शाहिद अफ्रिदी, अब्दुल रजाक, अब्दुर रजाक, अस्गर अफगान, धिमान घोष, तिलकरत्ने दिलसान, पारस खड्का, मिस्बाह उल हक, मोहम्मद अमिर, मोहम्मद हफिज, थिसिरा परेरा, शोएब अख्तर, सोहिल तनविर, उपुल थरंगा र इसुरु उडाना ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]