default_image

3 years ago

March 10, 2023

संकटमा युएईको ओडिआई मान्यता

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ सिरिजमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएसँगै युनाइटेड अरव इमिरेट्स (युएई) को ओडिआई मान्यता संकटमा परेकोछ । विश्वकप लिग-२ सिरिजमा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना जोखिममा परेको हो।

युएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंक छ । आइसिसीको नियम अनुसार लिग २ मा शीर्ष पाँच रहने टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । त्यसैले अव युएई शीर्ष पाँचमा पर्न बाँकी तीनै खेलमा जित हात पार्नुपर्ने हुन्छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १६ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएईले कम्तिमा अमेरिकालाई पछि पार्नुपर्ने हुन्छ । त्यसको लागि बाँकी तीनै खेलमा जित आवश्यक देखिन्छ । युएईले अव सबै खेल जित्दा ३७, दुई खेल जित्दा ३५ र एक खेल जित्दा ३३ अंक हुनेछ ।

नेटरनरेटमा युएईभन्दा अमेरिका अघि हुँदा बाँकी तीनै खेल जितेमा मात्रै सोझै ओडिआई मान्यता प्राप्त गर्नेछ । तीन मध्य एक खेलमा पराजित हुँदा युएईको ओडिआई मान्यता गुम्ने देखिन्छ । तीन मध्य दुई खेल जितेको खण्डमा युएई र अमेरिकाको समान अंक हुनेछ ।

जसमा नेटरनरेटमा निर्भर रहनेछ । नेटरनरेटमा अघि रहन युएईले दुई खेलमा विशाल जित हात पार्नुपर्ने हुन्छ । सामान्य जितले नेटरनरेटमा पछि पार्न सक्दैन । त्यसैले युएईलाई ओडिआई बचाउन तीनै खेलमा जित आवश्यक देखिन्छ । उच्च लयमा रहेको घरेलु टोली नेपाललाई दुवै खेलमा हराउन कठिन देखिन्छ । नेपालले पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेको छ । उता पिएनजीविरुद्ध युएईले पछिल्ला चार खेलमा लगातार हार व्येहोरेको छ ।

सोझै युएईको ओडिआई मान्यता गुमेमा प्लेअफ क्वालिफायर अन्तिम अवसर हुनेछ । प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्न सके मात्रै पुनः ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता खोसिनेछ । पछिल्ला १० मध्य ७ खेलमा युएई पराजित भएपछि सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाएको छ । ओडिआई मान्यता पनि संकटमा परेको छ। पछिल्ला १० खेलमा युएईले नेपाल र नामिबियालाई एक एक खेलमा मात्रै हराएको छ ।

स्कटल्यान्ड शीर्ष र ओमान दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् । अव नेपाल र नामिबिया मध्य एक टोलीले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन् । नेपालले बाँकी सबै तीन खेल जितेमा सोझै विश्वकप छनोटमा पुग्नेछ । नेपाल तीन मध्य एक खेलमा पराजित हुँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्ने समिकरण बनेको छ।

प्लेअफ क्वालिफायरमा लिग–२ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । युएईले अव आइतबार नेपाल, बुधबार पिएनजी र बिहीबार नेपालसँग खेल्नेछ । नेपाललाई ओडिआई मान्यता जोगाउन भने बाँकी तीन मध्य एक जित पर्याप्त हुनेछ ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.