3 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको प्लेइङ ११ मा परेका छन् । दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाका कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

कप्तान शाहिद अफ्रिदीले बुझाएको प्लेइङ-११ मा पारस खड्का रहेका छन् । पारसले पाकिस्तानका पूर्व सफल अलराउन्डर शाहिद अफ्रिदीको कप्तानीमा क्रिकेट खेल्नेछन् । पारसले आजको खेलमा अफ्रिदीसँगै मिस्बाह उल हक, श्रीलंका विष्फोटक ओपनर तिलकरत्ने दिलशान, तीव्र गतिका बलर अब्दुल रजाक जस्ता महान विश्वस्टारसँगै क्रिकेट खेल्ने भन् । पारस भारतीय चर्चित ब्याटर गौतम गम्भीर, सुरेश रैना, हरभजनसिंह र मोहम्मद कैफ जस्ता खेलाडीविरुद्ध मैदान उत्रदैछन् ।
टोली हेर्दा पारसले मध्यक्रममा ब्याटिङ गर्नेछन् । पारसको यो लेजेन्ड्स लिगमा डेब्यू खेल हो । दोस्रो विदेशी लिग समेत हो । पारसले यसअघि २०१९ मा टि १० लिग अधुधाबीबाट खेलेका थिए । टि१० पछि पारसले खेलेको यो दोस्रो विदेशी लिग समेत हो ।
पारसले पहिलो पटक लेजेन्ड्स लिग खेल्न लागेका हुन् । प्रतियोगिता फाइनल आगमी २० मार्चमा दोहामा हुनेछ । प्रतियोगितामा तीन टोली हुँदा विश्वभरका स्टार खेलाडीहरुले खेल्नेछन् ।
गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले मौका पाएका थिएनन् । तर यस पटक एसिया लायन्सले उनलाई सम्झौता गरेको हो ।
एसियाको प्लेइङ ११ : तिलकरत्ने दिलसान, उपुल थरंगा, पारस खड्का, मिस्बाह उल हक, अस्गर अफगान, शाहिद अफ्रिदी(कप्तान), थिसरा परेरा, अब्दुर रजाक, सोहेल तनविर, अब्दुल रजाक र इसुरु उडाना ।
इन्डियाको प्लेइङ ११ :
गौतम गम्भीर (कप्तान), रोविन उथप्पा, मुरली विजयी, सुरेश रैना, मोहम्मद कैफ, युसुफ पठान, स्टुअर्ट बिन्नी, इफरान पठान, हरभजन सिंह, अशोक डिन्डा र प्रविन ताम्बे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]