default_image

3 years ago

March 10, 2023

पारस र ह्वाटमोर एकै टोलीमा

433 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र प्रशिक्षक देव ह्वाटमोर लेजेन्ड्स क्रिकेट लिगमा एकै टोली एसिया लायन्समा रहेका छन् । एसिया लायन्सले भारत महाराजसविरुद्ध खेलि रहँदा पारस र ह्वाटमोर एकै टोलीमा छन् । पारस खेलाडी र ह्वाटमोर मुख्य प्रशिक्षकको रुपमा एकै टोलीमा छन् ।

पारस र ह्वाटमोर ड्रेसिङ रुममासँगै बसेका छन् । सम्भव त अव ब्याटिङमा पारस आउनेछन् । पारस ब्याटिङमा आउन तयारी अवस्थामा बसेका छन् । दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाले टस जितेर पहिला ब्याटिङ गर्दै १२ ओभरमा २ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

मिस्बाह उल हकले ५१ र उपुल थरंगा २८ रन बनाएर खेलेका छन् । २०२१ मा ह्वाटमोरको मुख्य प्रशिक्षकमा पारसले नेपाली क्रिकेट टोलीबाट अभ्यास गरेका थिए । तर चोटका कारण पारसले मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० आई सिरिज गुमाएका थिए ।

त्यसपछि पारसले सन्यास लिँदा ह्वाटमोरले नेपाली क्रिकेट छाडेर भारतीय घरेलु क्रिकेट टोली बरोडा हेर्न पुगेका थिए । ह्वाटमोर यस पटक पनि नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न इच्चा देखाएका थिए । तर क्यानले उनलाई अस्वीकार गर्दै मोन्टी देशाईलाई ल्याएकोे हो । देशाईको प्रशिक्षणमा नेपालले सानदार प्रदर्शन गर्दै पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेकोछ ।

पारसको यो लेजेन्ड्स लिगमा डेब्यू खेल हो । दोस्रो विदेशी लिग समेत हो । पारसले यसअघि २०१९ मा टि १० लिग अधुधाबीबाट खेलेका थिए । टि१० पछि पारसले खेलेको यो दोस्रो विदेशी लिग हो । गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले मौका पाएका थिएनन् । तर यस पटक एसिया लायन्सले उनलाई सम्झौता गरेको हो ।

एसियाको प्लेइङ ११ : तिलकरत्ने दिलसान, उपुल थरंगा, पारस खड्का, मिस्बाह उल हक, अस्गर अफगान, शाहिद अफ्रिदी९कप्तान०, थिसरा परेरा, अब्दुर रजाक, सोहेल तनविर, अब्दुल रजाक र इसुरु उडाना ।

इन्डियाको प्लेइङ ११ :

गौतम गम्भीर (कप्तान), रोविन उथप्पा, मुरली विजयी, सुरेश रैना, मोहम्मद कैफ, युसुफ पठान, स्टुअर्ट बिन्नी, इफरान पठान, हरभजन सिंह, अशोक डिन्डा र प्रविन ताम्बे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.