3 years ago
March 13, 2023
काठाडौं (हाम्रो खेलकुद) – नेपाललाई आइसिसी यू–१९ विश्वकप २०२४ मा पुर्याउने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई प्रदेश सरकारले समान एक लाख दिने भएको छ । सुदूरपश्चिमले आफ्ना प्रदेशका खेलाडीलाई एक लाख र अफिसललाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।

दुई साता अघि नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो । जसबाट सुदूरपश्चिमका पाँच खेलाडी र चार अफिसियल थिए ।
नेपाली यू-१९ टोलीमा प्रतिनिधित्व गर्ने सुदूरका तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द, दीपक बोहरा, दीपक बोहरा र मिलन बोहरा थिए । त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर विक्रम विष्ट, फिजियो पुरन तिरुवा र सायहक प्रशिक्षक धिरेन्द्र चन्द थिए । धिरेन्द्र चन्द नेपालमा अभ्यासमा ब्यस्त भएपनि क्यानले आर्थिक समस्याको कारण साहयक प्रशिक्षक युएई लगेको थिएन ।
फाइनमा युएईलाई हराउन हेमन्तले ८ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । ५० रन बनाएर खेलेका इथान कार्ल डि सोल्जालाई बोल्ड गर्दै जित नजिक पुर्याएका थिए । हङकङविरुद्ध तीन विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
आकाश चन्दले सिंगापुरविरद्ध ६ विकेट लिएका थिए ।

हेमन्तले प्रतियोगितामा ९ र आकाश चन्दले ११ विकेट लिएका थिए । मिलन बोहरा अलराउन्डर हुन् । ओपनर दीपक बोहरा लेग स्पिन बलिङ पनि गर्दछन् । अर्का दीपक बोहरा फिनिसर थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]