2 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै नेपाललाई शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे पर्याप्त हुनेछ ।
जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।
कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए ।
सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६-६ विकेट लिएका थिए । सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने नेपाली दोस्रो बलर हुन् ।
नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । लगातार डट बलको दबाबमा ठूलो सट खेल्दा आउट भएका थिए ।
त्यस्तै हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट भए । उनले २२ बलमा २ चौका प्रहार गरे । हिरि थर्डम्यानमा करण केसीबाट क्याच आउट भएका थिए । नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाएका थिए ।
सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । २८ बल खेलेका बाउले ३ चौका प्रहार गरे । सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका थिए ।
सन्दीपको २० औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान असद भाला डिप स्क्वायर लेगमा ललितनारायण राजवंशीबाट २० रनमा क्याच आउट भए । उनले ३१ बलमा २ चौका प्रहार गरे ।
नेपाललाई पाँचौं सफलता ललितनारायण राजवंशीले दिलाए । राइली हेकुरे ललितको बलमा चार रनमा कट एण्ड बोल्ड आउट भए । कुशल मल्लले २७ औं ओभरमा आक्रामक ब्याटर नर्मन भानुवालाई शून्यमा क्याच गराएपछि मध्यम योगफलको सम्भावना सकिएको थियो । चाल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । सन्दीपले हिला भारेलाई ७ रनमा बोल्ड गरे ।
ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।
नेपालले अव विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले पछिल्ला ११ मध्य १० खेल जितेको हो ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।
June 15, 2025
सुमन अधिकारी,बुटवल साविक विजेता वेष्ट्रन क्रिकेट क्लबले रुपन्देहीको पुरानो क्लब स्तरीय प्रतियोगिता उजिर सिंह रनिङ सिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट्रनले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितका लागि मात्र ७० रनको मध्यम लक्ष्य […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मेलम्ची नगरालिका र पाँचपोखरी क्रिकेट क्लबले जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेल वर्षाका कारण प्रभावित हुन पुग्यो । पहिलो सेमिफाइनल वर्षाका कारण रद्द भएपछि पाँचपोखरी क्रिकेट क्लब समूह […]
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]