3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान नजिक पुगेका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान नजिक पुगेका हुन्।

सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै छन् । सन्दीपले ४० ओडिआई खेलमा ९८ विकेट लिएका छन् । सन्दीपलाई एक सय विकेट पूरा गर्न अव दुई विकेट बाँकी छ । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ ।
अफगानिस्तानका राशिद खानले २०१८ मा ४४ खेलमा ओडिआईमा एक सय विकेट पूरा गरेका थिए । सन्दीपले अव तीन खेलमा दुई विकेट लिएमा उक्त कीर्तिमान तोड्नेछन् । सन्दीपको उच्च लय हेर्दा त्यो कीर्तिमान तोडिने उच्च सम्भावना देखिन्छ ।
राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडिआईमा एक सय विकेट पूरा गरेका थिए ।
पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा एक सय विकेट पूरा गरेका थिए । अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए । १९ औं खेलमा श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी बन्नेछन् । सन्दीप ओडिआईमा नेपालबाट उत्कृष्ट प्रदर्शन गर्ने बलर हुन् ।
सन्दीपले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।
सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपाल कामीले ४३ खेलमा ६० र करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन् । अन्य नेपाली बलरले ओडिआईमा ५० माथि विकेट लिन सकेका छैनन् । सर्वाधिक विकेट लिने सूचिमा चौथो नम्बरमा रहेका दीपेन्द्रले ४२ खेलमा २८ विकेट लिएका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]