3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज वर्ल्ड जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरु हुनेछ।

दुवै टोली लगातार दोस्रो जितको सोचमा छन् । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । जायन्ट्सले इन्डियालाई २ रनले हराएको थियो । पारसले पहिलो खेलमा भारतविरुद्ध २ बलमा ३ रन बनाएका थिए । एसियाले आज पनि पारसलाई मौका दिने सम्भावना छ ।
इन्डियालाई हराउन एसिया लायन्सका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओपनर तिलकरत्ने दिलशनबाट एसिया उत्कृष्ट सुरुवात चाहन्छ । कप्तान शाहिद अफ्रिदी टोलीका प्रमुख हतियार हुन् । पारसले आजको खेलमा मध्यक्रममा खेल्ने सम्भावना छ । पछिल्लो खेलमा अब्दुल रजाक घाइते हुँदा आजको खेलमा शोएब अख्तर खेल्ने सम्भावना छ ।
यता जायन्ट्समा विश्व क्रिकेटकै एक उत्कृष्ट पूर्व तीव्र गतिका बलर ब्रेट ली छन् । अष्ट्रेलिया पूर्व तीव्र गतिका बलर ब्रेट लीले पहिलो खेलमा इन्डियालाई अन्तिम ओभरमा ८ रन चाहिँदा मात्रै पाँच रन खर्चेर जित पक्का गरेका थिए ।

उनको गति र योर्कर खेल्न सहज भने हुनेछैन । आरोन फिन्चको कप्तानीमा रहेको वल्र्ड जायन्ट्समा ब्रेट ली, क्रिस गेल, शेन वाटसन, ज्याकक्विस क्वालिस, केभिन ओ ब्रायन, रस टेलर, हसिम अमला, लेन्डन सिमन्स जस्ता खेलाडी छन् ।
ब्रेट ली र क्रिस गेलको टोलीविरुद्ध पारसको प्रदर्शन प्रतिक्षा लायक हुनेछ । क्रिस गेल विश्व क्रिकेटकै एक उत्कृष्ट आक्रामक ब्याटर हुन् । पहिलो खेलमा भारतलाई हराउन आरोन फिन्च र शेन वाटसनले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए ।
डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष टोली फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]